
काठमाडौँ । नेकपा एमालेले माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालप्रति सम्मान व्यक्त गर्न पार्टीका तर्फबाट आइतबार दिउँसो २ देखि ३ बजेसम्म आयोजना गरिएका पूर्वनिर्धारित सबै चुनावी कार्यक्रम स्थगित गरेको छ ।
एमालेले नेकपा माओवादी–केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, शोकाकूल परिवारजन र नेकपा माओवादी–केन्द्रप्रति समवेदना प्रकट गर्न आजका कार्यक्रम स्थगित गरिएको एमालेले जनाएको छ ।
एमालेले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै माओवादी–केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र, नेकपा माओवादी– केन्द्रका केन्द्रीय सदस्य प्रकाश दाहालको आकस्मिक तथा असामयिक निधनबाट हाम्रो पार्टी स्तब्ध बनेको उल्लेख छ ।
प्रकाश दाहाललाई गम्भीर अवस्थामा नर्भिक अस्पताल पु¥याइएको जानकारी पाउनसाथ एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापामै रहेका माओवादी–केन्द्रका अध्यक्ष प्रचण्डलाई चुनावी अभियानबाट काठमाडौंका लागि बिदाई गरेका थिए ।
घटनाको जानकारी पाउनासाथ पार्टीका बरिष्ठ नेता झलनाथ खनाल, बामदेव गौतम, माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायतका नेताहरु नर्भिक अस्पताल पुगेर समवेदना प्रकट गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्