×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रकाशको निधनपछि एमालेले गर्यो देशैभरका चुनावी कार्यक्रम एक घण्टा स्थगित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रकाशको निधनपछि एमालेले गर्यो देशैभरका चुनावी कार्यक्रम एक घण्टा स्थगित

Artha Sarokar

३ मंसिर २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  – प्रचण्डपुत्र प्रकाश दाहालको निधनप्रति नेकपा एमालेले दुस्ख व्यक्त गरेको छ ।
एमाले केन्द्रीय निर्वाचन कमिटीका प्रवक्ता विष्णु रिमालले एक विज्ञप्ति जारी गर्दै दाहालको असामयिक निधनबाट आफ्नो पार्टी स्तब्ध भएको जनाएका छन् । साथै एमालेले आज दिउँसो २ बजेदेखि ३ बजेसम्म आयोजित देशैभरका चुनावी कार्यक्रम स्थगित गरेको छ ।
‘कमरेड प्रकाश दाहालप्रति सम्मान व्यक्त गर्न र नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड, शोकाकुल परिवारजन र नेकपा माओवादी केन्द्रप्रति समवेदन प्रकट गर्न नेकपा एमालेको तर्फबाट आज दिउँसो २ देखि ३ बजेसम्म आयोजना गरिएका पूर्वनिर्धारित सबै चुनावी कार्यक्रम स्थगित गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
प्रकाशको हृदयघातका कारण आइतबार बिहान निधन भएको थियो ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी