×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्ड प्रकाशको अन्तिम संवाद- ‘बुबा मलाई सन्चो छैन, तपाईं जानुस् न है !’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रचण्ड प्रकाशको अन्तिम संवाद- ‘बुबा मलाई सन्चो छैन, तपाईं जानुस् न है !’

३ मंसिर २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – आफ्नो योगदान र कामबाट भन्दा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको छोरा भएरै चर्चामा रहेका प्रकाश दाहालले आइतबार बिहानै संसार छोडे। सामाजिक संजालमा बेलाबेला आलोचित हुने प्रकाश मनका भने सफा थिए । जीवनमा बहुविवाह गर्नबाहेक उनले जानेर अर्को भूल गरेका छैनन् । आइतबार बिहान उनै प्रकाशको मृत्युको खबरले देश शोकमग्न भएको छ ।
प्रकाश चुनावी सभामा प्रचण्डको साथ लागेर हिडिरहन्थे । सभाको लाइभ पनि गर्थे । तर, चितवनबाट फर्किएपछि प्रचण्डसँग झपा भने उनी गएनन् । प्रचण्डलाई उनले भने, ‘बुबा मलाई खासै सन्चो छैन, तपाईं जानुस् न है ।’ उनी आमासँग बसेका थिए । तर, आइतबार बिहान ५ बजे ह्दयघात भएपछि उनलाई अस्पताल लगियो । र, बचाउन सकिएन । – एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी