Skip to content
LAXMI SUNRISE BANK

राजधानी बाहिर एनआइसी एसिया बैंकका ५ शाखा विस्तार

अर्थ सरोकार

काठमाडौं – एनआइसी एसिया बैंकले काठमाडौँ बाहिर आफ्नो शाखा विस्तार गर्ने अभियानमा थप ५ स्थानमा शाखा विस्तार गरेको छ ।
केही दिनएता मात्र बैंकले कैलालीको जोशीपुरघढसर–२, जाजरकोटको भेरी–४, बाँकेको खजघढसरा–३ र बर्दिया नगरपालिका–६ तथा मगरागडी र कानेपोखरी गाउँपालिका–६ मा शाखा स्थापना गरेको हो । गत मंगलबार कैलालीको जोशीपुरघढसर गाउँपालिका वडा नम्बर २ र जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ मा मंगलबार शाखा स्थपना गरेको बैंकले बताएको हो।
जोशीपुरघढसर शाखाको उद्घाटन गाउँपालिकाका कार्यकारी अधिकृत नारायण बिष्ट र अध्यक्ष रामकृष्ण चौधरीले संयुक्त रुपमा गरेका थिए। त्यसैगरी जाजरकोटको भेरी शाखाको उद्घाटन भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्तीले गरेका हुन्।कात्तिक १९ गते बाँकेको बारबर्दिया नगरपालिका वडा नम्बर ६ र मगरागडी र कानेपोखरी गाउँपालिका वडा नम्बर ६ रमाइलो चोकमा पनि एनआईसी बैंकले शाखा स्थापना गरेको छ।
थपिएका शाखसँगै देशभर एनआईसी बैंकका शाखाको संख्या १३८ पुगेको छ। आफ्ना १४१ एटिएम काउन्टरबाट ग्राहकले सुविधा लिइरहेको बैंकले जनाएको छ। बैंकले बिभिन्न जिल्लाका नगर र गाउँ पालिकाहरूमा शाखा विस्तार गर्ने क्रम जारी राखिने जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK