×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सभामुख अोनसरी घर्तीसहित महरा र पुन चढेको गाडीमा बम प्रहार, भदाैरे भीरमा प्रहरीको घेराबन्दी

LAXMI SUNRISE BANK

सभामुख अोनसरी घर्तीसहित महरा र पुन चढेको गाडीमा बम प्रहार, भदाैरे भीरमा प्रहरीको घेराबन्दी

१ मंसिर २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – रोल्पामा सभामुख ओनसरी घर्ती मगर लगायत माओवादी केन्द्रका नेताहरुलाई लक्षित गरी बम प्रहार भएको छ ।
सभामुख घर्ती र माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा र बर्षमान पुन चढेको गाडीलाई लक्षित गरी दुर्इवटा बम प्रहार भएको हो । उनीहरू फरकफरक गाडीमा सवार थिए ।
लिवाङमा वाम गठबन्धनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न जाँदै गर्दा लिवाङ र सादोबाटोको बीचमा पर्ने भदौरे जंगलबाट बम प्रहार भएको हो ।
भदाैरे जंगलको भीरबाट नेताहरुको गाडी भन्दा १० मिटर अगाडि बम प्रहार भएको नेताहरुसँगै रहेका उपराष्ट्रपति नन्दबहादुर पुनका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए ।
घटनामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । उनीहरू सुलिचाैरबाट लिवाङका लागि प्रहरी स्कटिङमा लिवाङ जाँदै थिए ।
बम प्रहार भए लगत्तै प्रहरीले भदाैरे भीरमा घेरा हालेर बम प्रहार गर्ने अज्ञात समूहको खोजी गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी