×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नुवाकोटमा कांग्रेस नेता रामशरण महत चढेको गाडी एम्बुसमा पर्‍यो, पाँच जना घाइते

PRIME CA

नुवाकोटमा कांग्रेस नेता रामशरण महत चढेको गाडी एम्बुसमा पर्‍यो, पाँच जना घाइते

१ मंसिर २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं –  नेपाली कांग्रेसका प्रभावशाली नेता तथा प्रतिनिधिसभा सदस्य उमेदवार डा रामशरण महत सावर गाडी एम्बुसमा परेको छ । नुवाकोटबाट उम्मेदवार बनेका महत घरदैलो कार्यक्रम सकेर फर्किंदै गरेका बेला आज (शुक्रबार) बिहान ककनीमा उनी सावर गाडी अज्ञात समुहले थापेको विधुतीय धरापमा परेको हो ।
एम्बुस विस्फोट हुँदा पाँचजना घाइते भएका छन् भने नेता महत सकुशल छन् । वम विस्फोट पछि स्थानीय त्रसित बनेका छन् भने उम्मेदवार माथि थप खतरा बढेको भन्दै काँग्रेस कार्यकर्ताहरु आत्तिएका छन् ।
घटनाको अनुसन्धान गर्न प्रहरी घटनास्थलतर्फ पठाइएको प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले बताए । यसअघि एमाले नेता शेरधन राई, माओवादी केन्द्रका नेता जर्नादन शर्मा, वर्षमान पुन लगायतका नेताहरुलाई लक्षित गरि बम विस्फोट गराइएको थियो । महत नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: