×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दाङमा कृष्णबहादुर महराले देखाए ‘पावर’, लिक भयो ३० लाख मागेको भिडियो (प्रमाणसहित)

PRIME CA

दाङमा कृष्णबहादुर महराले देखाए ‘पावर’, लिक भयो ३० लाख मागेको भिडियो (प्रमाणसहित)

३० कार्तिक २०७४, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

घोराही – नेकपा (माओवादी केन्द्र)को तर्फबाट दाङ क्षेत्र नं. २ मा प्रतिनिधी सभा उम्मेदवार उपप्रधान एवम् विनाविभागीय मन्त्री कृष्णबहादुर महराले निर्वाचन आचार संहिता विपरितको काम गरेको खुलासा भएको छ ।

महराले निर्वाचन आचार संहिता विपरित मतदाताहरूलाई प्रभावित बनाउने गरेर खेलकुदका लागि अर्थमन्त्रालयका सचिवलाई फोन गरेर पैसा माग गरेका हुन् । उनले अर्थ सचिवलाई दाङको भरतपुरस्थित फुटबल ग्राउण्डबाट फोन गरेर पैसा माग गरेका हुन् ।
‘नमस्कार म कृष्णबहादुर महरा बोल्या’, उनले भने भिडियोमा भनेका छन्, ‘तपाई अहिले अर्थमा हुनुहुन्छ हैन ? दाङमा पुसमा नेश्नल गेम हुँदैछ । फिल्डको तयारी गर्दै हुनुहुन्छ । २०–२५ लाख देखि ३० लाखसम्म थोरै पैसा दिनु होला । व्यवस्थापकिय तयारीका लागि हो । मन्त्रीलाई पनि भन्छु ।’
रोल्पाबाट दाङमा निर्वाचन लड्न झरेका महराले मन्त्रीको पावर देखाएकोमा विपक्षी दलहरूले आक्रोश जनाएका छन् । उनीहरूले विनाविभागीय मन्त्री बनेर ‘पावर’ देखाएर आचार संहिता उल्लंघन गरेको भन्दै आलोचना सुरु भएको छ ।
महराको भिडियो माओवादी केन्द्रका समर्थकहरूले आफ्नो फेसबुक वालमा बुधबार अपलोड गरेका हुन् । माओवादी केन्द्रका कार्यकर्ताहरुले भने उनको प्रशंसा गरिरहेका छन् ।
सामाजिक सन्जालमा उनको यो निर्णयबारे समर्थन र बिरोध दुवै भइरहेको छ । चुनावको मुखैमा मतदाताहरुको मनजित्न यो खेलकुद मैदानका लागि फिल्डबाटै फोन गरेर पैसा माग गर्नुलाई तपाई कसरी लिनुहुन्छ ?

भिडियो:-

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: