
नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव तथा पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले निर्वाचनमा गलत प्रचार गरेको भन्दै ठिक पार्नुपर्ने बताएका छन् ।
गुल्मी जिल्लाभित्रका विभिन्न महत्वपूर्ण विकासका कामहरु कम्युनिष्ट नेताहरुबाट भएको तर भण्डारीले आफूले गरेको भन्दै गलत प्रचार गरेको समेत उनको आरोप छ । आइतबार गुल्मीको सदरमुकाम तम्घास आएका अर्घाखाँचीका प्रतिनिधिसभा निर्वाचनका उम्मेद्धार समेत रहेका रायमाझिले गुल्मीमा भएका अधिकाशं विकास निर्माणका कामहरु यहाँका कम्युनिष्ट नेताहरुको पहलमा भएको बताए ।
‘प्रदिप ज्ञवाली, गोकर्ण विष्ट, सुदर्शन बराल जस्ता नेताहरुले म उपप्रधानमन्त्री भएको बेला धेरै योजना मागेर अहिले काम सम्पन्न हुन लागेको छ’ उनले भने, ‘चन्द्र भण्डारीले आफूले गरेको भन्नु त गर्ने भन्ने हनुमान, पगरी गुथ्ने ढेडु जस्तै भएको छ ।’
उनले सम्पूर्ण देशलाई समृद्ध बनाउने योजना आफूहरुले सोचिसकेकोले अब देशमा बामपन्थीहरुको विकल्प नरहेको समेत प्रष्ट पारे । त्यसका साथै गुल्मीमा बिगतमा परेका योजनाहरुमा केहि राजनीतिक दलले भ्रम गर्दै भोट तान्ने प्रयास गरेको समेत उनको भनाई छ । आफूले जिवनमा करिब १०÷१२ वटा मन्त्रालय सम्हालेको र त्यत्तिबेला रडी, रानीदरबार, पूतिर्घाट लगायतका कालिगण्डगी नदिका १२ स्थानमा पक्कि पुल पारेको समेत उनले बताए ।
‘प्रदिप, गोकर्ण र सुदर्शनसँग सल्लाह गरेर ति योजनाहरु सिफारिस गरेको हुँ ।’ उनले भने, ‘तर यहाँका कांग्रेसहरुले आफूले गरेको भनेर जनतामाझ भ्रम फैलाउनुभएको छ, जुन राम्रो होइन ।’
सालझण्डी बाटोमा भण्डारीले गरे
गुल्मी, अर्घाखाँची लगायतका मानिसहरुलाई अहिले सालझण्डी ढोरपाटन बाटोबारे अन्योलता नै छाएको छ । निर्वाचनमा भोट माग्न र पार्टीका ठूला आम सभालाई सम्बोधन गर्ने नेताहरुले आफ्नो योजना रहेको बताउछन् ।
त्यसैले यो बाटोप्रति अहिले सबैजसो राजनीतिक दलको भोटमाग्ने भाडो भएको छ । तर नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव तथा पूर्व उपप्रधानमन्त्रि टोपबहादर रायमाझिले यसबारे खुलेर बोलेका छन् । ‘म उपप्रधानमन्त्री भएको बेला चन्द्र भण्डारीले दाई तिम्ले मात्रै राजनीति गर्ने मलाई पनि यतिकन हाल्देउ न भनेको भनेका थिए ।’ ने
ता रायमाझिले भने, ‘त्यसपछि मैले प्रदिपलाई सोधेर बाटोको योजना पारेको हुँ ।’ त्यसरी पारिएको यस बाटोबारे नेपाली कांग्रेसका केन्द्रीय सदस्य जस्तो मान्छेले चुनावी नाराको रुपमा यसलाई प्रयोग गरेकोप्रति उनले आपत्ति जनाएका छन् ।
‘बाटोको शिलन्यास हुने बेला चन्द्र जि र म सँगै थियौँ । त्यत्तिबेला उहाँकै मुखबाट यो बाटो टोपबहादुर रायमाझीको पहलमा आएको हो भन्नुभएको थियो । अनि मसँग मात्र उहाँले दाई अर्घाखाँचीमा यो बाटो मैले तपाइले पहलमा आएको र गुल्मीमा गएर मैले पारेको हुँ भन्छु, विरोध नगर्नु है, भन्नुभएको थियो । त्यसैले म तत्कालिन समयमा धेरै बोलिन । तर चन्द्र भण्डारीजस्ता खराब ब्यक्तिलाई तपाईहरुले ठिक पार्नुपर्छ’ नेता रायमाझीले भने ।
नेता रायमाझीले अहिले देशमा भएका सबै पार्टीहरुबीच एकता गर्न नसके कम्युनिष्टहरुको अर्थ नरहने बताएका छन् । आफ्नो पार्टी माओवादी केन्द्रको आन्दोलनको मुख्य उदेश्य नै देशमा भएका सबै कम्युनिष्ट पार्टी एक भई राष्ट्र बनाउनु रहेकोले पार्टी एकताको विकल्प नभएको बताएको छन् ।
नेपालमा कांग्रेस र कम्युनिष्ट बाहेक अन्य दलको आवश्यक नपर्ने भएकोले पार्टी एकता गर्न नसके कम्युनिष्टहरुको अर्थ समेत नहने स्पष्ट पारे ।
‘देशमा हामी फुटेका कम्युनिष्टहरुबाट काङ्ग्रेसले फाइदा लिएको छ’ उनले भने, ‘तर उसले पनि देशलाई गति दिन नसकेको कुरा छर्लङ्ग भयो त्यसैले बाम एकतामार्फत हामी देशलाई निकास दिन्छौ ।’ – काठमाडौं टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्