
काठमाडौँ – व्यवसायले भोगेका करका समस्याबारे एउटा Open Floor Discussion यहिकार्तिक २९ गते होटल हिमालयमा हुने भएको छ । सो कार्यक्रमको प्रशिक्षक नेपालका चर्चित कर प्रशिक्षकतथा करविज्ञ सिए. भवनाथदाहाल रहनुभएको छ ।
नेपाल ट्याक्स अनलाईनले व्यवस्थापन गर्न लागेको यो कार्यक्रममा प्रशिक्षककले आफ्ना कुरा एकोहोरो रुपमा राख्ने भन्दापनि पुरै कार्यक्रम नै सहभागीका समस्या समाधानतर्फ केन्द्रित हुने यसकार्यक्रममका संयोजक दिलिप फुयालले बताए ।
‘नेपालका अधिकांस कार्यक्रममहरु एकोहोरो रुपमाचल्ने गरेका छन् । तर हाम्रो कार्यक्रम पुर्णतः पृथक रहनेछ । सहभागीले हामीलाई पहिले नै उपलब्ध गराएका कर सम्बन्धि समस्याहरु तथा त्यहि कार्यक्रमको बीचमा उठेका करका सबै समस्याको समाधान प्रशिक्षकबाट त्यहि उपलब्ध हुनेछ ।’ संयोजक फुयाँलले भने ।
फुयाँल थप्छन् ‘पहिलेको अनुभवको आधारमा पनि हामी के कुरामा विश्वस्त छौ भने कार्यक्रम सकिएर बाहिर निस्कदा सबै सहभागीले आफ्नो कर सम्बन्धि समस्याको समाधान पुर्ण रुपमा पाउनुहुनेछ ।”
यो कार्यक्रममा सहभागीहुनलाई ९८६०३०८५०० मा सम्पर्क गर्न सक्नुहुन्छ वा यो लिंकमाभएको फारम भर्न सक्नुहुन्छ । https://goo.gl/forms/nppX0MYgxMw5Wof02
करको अध्ययन अनुसन्धान गरीरहेको यो समुहले गतबर्ष पनि व्यबसायले भोगिरहेका समस्याबारे एक दिने कार्यशाला प्रशिक्षक दाहालको साथमा आयोजना गरेको थियो । त्यसका अतिरिक्त यहि समुहले विभिन्न समुहलाई लक्षित गरी समय समयमा विभिन्न तालिमहरुको आयोजना गरीरहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्