×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२० वर्षमा मध्यम आय भएको मुलुक बनाउने विवेकशील साझा पार्टीको घोषणा (पूर्ण पाठसहित)

LAXMI SUNRISE BANK

२० वर्षमा मध्यम आय भएको मुलुक बनाउने विवेकशील साझा पार्टीको घोषणा (पूर्ण पाठसहित)

२३ कार्तिक २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  – वैकल्पिक राजनीतिक शक्ति रुपमा आफूलाई प्रस्तुत गर्दै आएको विवेकशील साझा पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाका लागि चुनावी घोषणापत्र तयार पारेको छ ।
शुक्रबार औपचारिक रुपमा घोषणा गर्न लागिएको घोषणापत्रमा अरु दलको जस्तै देशलाई आर्थिक संवृद्धि र स्थितिरता दिने प्रतिबद्धता गरिएको छ ।
विकेकशील साझा पार्टीले ठूला दल देशमा मौलाएको भ्रष्टाचार, अनियमितता जस्ता कुरितिप्रति मौन रहेकाले चुनावी मैदानमा उत्रनु परेको प्रष्ट पारेको छ । घोषणापत्रमा भनिएको, ‘ठूला दल लुटतन्त्रप्रति मौन छन् । देशलाई संकटबाट निकालेर लोकतन्त्रको रक्षा गर्न हामी चुनावी प्रतिष्पर्धामा आएका छौं ।’
विकेकशील साझा पार्टीले २० वर्षभित्र देशलाई मध्यम आय भएको देशको स्तरमा पुर्‍याउने, उद्योग कलकारखाना खोल्ने उल्लेख गरेको छ । रोजगारी, पानी, बिजुली जस्ता आधारभूत विषयको प्रत्याभूति राज्यले नै गर्ने विवेकशील साझा पार्टीको घोषणापत्रमा लेखिएको छ ।
वैकल्पिक राजनीतिक शक्ति स्थापना गर्ने बताउँदै विवेकशील पार्टीले राइट टु रिजेक्ट, राइटु रिकलको व्यवस्था गर्ने उल्लेख गरेको । पार्टीले बेलायती प्रणालीको संसदीय व्यवस्थाका कारण राजनीतिक अस्थिरता आएको भन्दै प्रत्यक्ष निर्वाचित कार्याकारी प्रधानमन्त्रीसहितको व्यवस्थाको पक्षमा उभिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी