×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टिकट नपाउँदा डाँको छोडी क्वाँ-क्वाँ राेए यी कलाकारहरू, शीर्ष नेताहरुसामू थामिएनन् आशु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

टिकट नपाउँदा डाँको छोडी क्वाँ-क्वाँ राेए यी कलाकारहरू, शीर्ष नेताहरुसामू थामिएनन् आशु

२१ कार्तिक २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने भनेर चर्चामा केही कलाकारहरुले टिकट नै पाएनन् । उम्मेदवार बन्नकै लागि पार्टी परिवर्तन गरेका केही कलाकारहरुले टिकट नपाएपछि हिस्सै परे ।
कुरा हो, चर्चित गायिका कोमल वलीको । उनी आगामी चुनावमा उम्मेदवार बन्न पाउने आशामा नै राप्रपा छोडेर नेकपा एमालेमा प्रवेश गरेकी थिइन् । प्रत्यक्षतर्फ टिकट पाउने आशामा रहेकी उनलाई बामगठबन्धन बनिसकेपछि समानुपातिकमा दिन्छौँ भनेर थम्थमाए । तर पार्टीकै ठूला नेताहरु टिकट नपाएर रन्थनिएका बेला उनले टिकट पाउने कुरै भएन ।
दाङबाट चुनाव लड्ने सोँच बनाएकी उनले चुनावको सबै तयारी गरिसकेकी थिइन् । उनले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बन्ने निर्णय पनि नलिएकी होइनन् तर एमाले अध्यक्ष केपी ओलीलगायत शिर्ष नेताहरुले पछि सम्झन्छौँ भनेर उनलाई फकाए । उनी फकिन त फक्किइन् तर स्वतन्त्र उम्मेद्वारी फिर्ता लिदाँ अध्यक्ष ओलीसँग फोनमा डाको छोडेर नै रोईन् ।
त्यस्तै चर्चित नायिका रेखा थापाले पनि पार्टीबाट टिकट टिकट पाइनन् । उनी पनि टिकट पाउने आशामा कमल थापा नेतृत्वको राप्रपा छोडेर पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक पुगेकी थिइन् ।
सुरुमा अध्यक्ष राणाले उनलाई प्रत्यक्ष नै चुनाव उठाउने निर्णय भएको भन्दै सोही अनुसार तयारीमा जुट्को लागि आग्रह गरेका थिए । तर राणाले पनि थापालाई धोका दिए । उनले न प्रत्यक्षको टिकट पाइन न त उनी समानुपातिकमा नै परिन् ।
टिकट पाउने कलाकारहरुको भीडमा कलाकार जोगेन्द्र थापा र तीर्थ थापा पनि छन् । उनीहरुलाई नेपाली काँग्रेसले टिकट दिने भने उनीहरुले टिकट पाएनन् । प्रदेश सभाको टिकट दिने भनेका जोगेन्द्रले पनि टिकट पाएनन् । टिकट नपाउँदा उनी काँग्रेस नेता बिमलेन्द्र निधीसँग डाको छोडेर रोएका थिए ।
दैनिक नेपालका अनुसार त्यसरी नै कलाकार तीर्थ थापालाई पनि काँग्रेसले टिकट दिन नपत्याएपछि उनी हाल ईन्तु न चिन्तुको अवस्थामा पुगेका छन् । उनी पार्टी सभापति शेरबहादुर देउवासामू रोएको खबर बाहिरिएको छ । उनी त झनै क्वाँ क्वाँ रोएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी