×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राप्रपा कार्यालयमा ताल्चा लगाएर माओवादी केन्द्रमा आएँः बद्री तिमिल्सिना

LAXMI SUNRISE BANK

राप्रपा कार्यालयमा ताल्चा लगाएर माओवादी केन्द्रमा आएँः बद्री तिमिल्सिना

१९ कार्तिक २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भरतपुर  – शनिबार माओवादी केन्द्रमा प्रवेश गरेका राप्रपा प्रजातान्त्रिकका चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले आफू माओवादी केन्द्रमा प्रवेश गरेपछि राप्रपाको कार्यालयमा ताल्चा लागेको बताएका छन् ।
आइतबार चितवनको चनौलीमा आयोजित चुनावी सभामा बोल्दै नेता तिमिल्सिनाले भने, “हिजोसम्म म राप्रपामा थिएँ, अघिल्लोपटक बिक्रम पाण्डेलाई जिताएँ, यसपटक प्रचण्डलाई जिताएर चितवनको मुहार फेरिएको हेर्न चाहन्छु। कतिपयले भन्छन्, बिक्रम पाण्डेले चुनाव जित्छ । तर, म माओवादीमा आएपछि राप्रपाको कार्यालयमा ताल्चा लागेको छ । अब हामी २० हजार मत अन्तरभन्दा बढी मतले प्रचण्डलाई जिताएर देखाउँछौं ।”
“देशको राजनेतालाई जिताउनु हुन्छ कि ठेकेदारलाई जिताउनु हुन्छ ? ठेकेदारले चितवनको विकास गर्छ भन्ने कल्पना गर्न सकिएला ? नेता तिमिल्सिनाले भने, “प्रचण्ड देशको राजनेता हो । बरु प्रचण्डका लागि चितवन नचाहिन सक्छ । तर, चितवनका लागि प्रचण्ड चाहिन्छ। प्रचण्डले जिते मात्रै चितवन फेरिन्छ, देश फेरिन्छ ।”
कार्यक्रममा एमाले नेता देवी ज्ञवालीले कम्युनिष्टहरुको एउटै केन्द्र बनाउने आफ्नो अधुरो सपना ओली र प्रचण्डले पूरा गर्न लागेकाले आफूले प्रचण्डलाई जिताउन कम्मर कसेको बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी