×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रेखा थापा, कोमल ओली र करिस्मा मानन्धरलाई मनोज गजुरेल एक्लैले ठिक पारे, नपत्याए हेर्नुस्

LAXMI SUNRISE BANK

रेखा थापा, कोमल ओली र करिस्मा मानन्धरलाई मनोज गजुरेल एक्लैले ठिक पारे, नपत्याए हेर्नुस्

१७ कार्तिक २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

हाँस्य कलाकार मनोज गजुरेलले कलाकारितामा जमेर पनि राजनीति स्वार्थमा डुबेर बिभिन्न दलहरुमा प्रवेश गर्दै छोड्दै गरेर तीन नेतृलाई झटारो हानेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत गजुरेलले राप्रपा प्रवेश गरेकी नायिका रेखा थापा, नयाँ शक्तिकी करिस्मा मानन्धर र राप्रपा छोडेर एमाले प्रवेश गरेकी कोमल ओलीमाथि व्याङ्ग्य प्रहार गरेका छन् ।
कलाकारले कलाकारिताको क्षेत्र सुधार्न लोकनीतिमात्रै गर्नुपर्ने भएकाले राजनीतिमा हात हाल्न नहुने गजुरेलको व्यङ्ग्य छ ।
उनले कलाकारिता जस्तो पवित्र स्थानलाई छोडेर जाल झेलयुक्त राजनीतिमा होमिन नहुने भन्दै आफूले पहिले देखि नै सचेत गराएको जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘कलाकारितामा आउनुअघि म राजनीतिमा थिएँ । त्यसैले त्यहाँ भित्रको संस्कार, परम्परा, खेल, झेल, पार्टी-पद्धति, असल, खराबका बारेमा थोरै बुझेको छु । यही बुझाईका आधारमा- पार्टी प्रवेश गर्ने र छोड्ने कलाकर्मी मित्रहरुलाई बारम्बार भन्दै आएको छु- ‘हेर्नोस्, हामीले हाम्रै क्षेत्रलाई सुधार्ने लोकनीतिमात्रै गर्नुपर्छ किनभने राजनिती भनेको गितजस्तो कोमल, सिनेमा जस्तो करिस्मायुक्त, रेखाजस्तो सोझो हुँदैन क्या !’
यो व्यङ्ग्यमा सबैभन्दा बढी गायिका कोमल वली परेकी छन् । उनी रेडियो नेपालको जागीर छोडेर एउटै पार्टीबाट जनताको सेवा गर्ने बताएकी थिइन् । तर, उनले यो भनेको केही महिनापछि एमाले प्रवेश गरेकी थिइन् । एमालेले दाङबाट टिकट दिने आश्वासन देखाएपछि वली एमाले प्रवेश गरेकी थिइन् ।
अन्तिम समयमा आएर एमालेले टिकट नदिने भनेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । साथै उनले एमालेले आफूलाई धोका दिएको र दाङबासीले दाइजोको सट्टामा भोट दिएर चुनाव जिताउने दाबी गरेकी छन् ।
त्यस्तै नायिका रेखा थापा पनि पहिले माअ‍ोवादी प्रवेश गरेकी थिइन् । त्यसलगत्तै राप्रपा प्रवेश गरेकी उनी फेरि पार्टी छाड्ने मनस्थितिमा पुगेकी छन् । तीन वटै कलाकारलाई लक्षित गर्दै गजुरेलले यस्तो वाण हानेका हुन् ।
त्यस्तै नायिका करिस्मा मानन्धर पनि पार्टी छोड्ने तरखरमा छिन् । उनले आफूलाई विभिन्न पार्टीले अफर गरेको बताएकी छिन् । गजुरेल मात्र है कलाकारले राजनीति गर्दा हास्यास्पद हुने अन्य थुप्रै कलाकारहरुको बुझाई छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी