×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चरम विवादमा मुछिएका अनिल शाह ‘तलव घटाएर’ सेञ्चुरी छिरे ! कति घट्यो शाहको तलव ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चरम विवादमा मुछिएका अनिल शाह ‘तलव घटाएर’ सेञ्चुरी छिरे ! कति घट्यो शाहको तलव ?

१६ कार्तिक २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बढी तलव खाने बैंकरका रुपमा परिचित बैंकर अनील शाह मेगा बैंकमा खाने तलव भन्दा कम तलव पाउने गरी सेञ्चुरी  बैंक छिरेका छन् । सेञ्चुरीसँग आज नै सम्झौता भइसकेको र पुष १ गतेबाट उनी औपचारिक रुपमा सेञ्चुरी बैंकका सीइओ हुने  सेन्चुरी बैंकका एक उच्च तहका कर्मचारीले पुष्टि गरेका छन् ।
यता मेगाबाट सेञ्चुरी  छिरेका अनील शाहले आफुमात्र होइन आफ्ना समुहका आधा दर्जन बढी कर्मचारीपनि सेञ्चुरी लैजाने भएका छन् । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार उनीसँगै मेगामा काम गरेका ‘कोर समूह’ लाई उनले सेञ्चुरी  लैजना लागेका हुन् ।
यद्यपी एक दशक लगाएर  बनाएको मेगाका लगानीकर्ताले यसपाली ४ रुपैयाँ मात्र हात पारेपछि विवादको चुलीमा पुगेका अनील शाहले तलव भने कम पाउने भएका छन् सेञ्चुरीमा । मेगा बैंकमा पाउने गरेको भन्दा जह्न्दै २ लाख कम तलवमा उनी सेन्चुरी छिरेका हुन् । मेगामा हुँदा अनेकौं घोटाला प्रकरणदेखि बैंक डुबाउने खेलमा लागेको समेत आरोप लागेका शाह टुरिजम र मेगाको मर्जर प्रकरणपछी झन् विवादमा आएका थिए ।
सेञ्चुरीमा अव उनले कस्तो काम गर्नेछन्, त्यो भने हेर्न बाँकी नै छ ।      
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी