×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालकृष्ण ढुंगेलको गिरफ्तारीविरुद्ध नेकपाले आज काठमाडौंमा प्रदर्शन गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बालकृष्ण ढुंगेलको गिरफ्तारीविरुद्ध नेकपाले आज काठमाडौंमा प्रदर्शन गर्दै

Artha Sarokar

१६ कार्तिक २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सरकारले जनयुद्धकालिन मुद्दामा पूर्वसभासद् बालकृष्ण ढुंगेललाई गरेको गिरफ्तारविरुद्ध नेपाल कम्युनिस्ट पार्टीले प्रदर्शन गर्ने भएको छ ।
अाज बिहिबार दिउँसो २ बजे काठमाडौंको शान्तिबाटीकामा प्रदर्शन गर्न लागेको नेकपाका पोलिट्ब्युरो सदस्य मोहन कार्कीले जानकारी दिए । जनवर्गीय संगठनहरुको नेतृत्वमा हुने प्रदर्शनमा सहभागिताको लागि परिवर्तनकारी पक्षसँग नेकपाले अपील समेत गरेको छ ।
ढुंगेलको गिरफ्तारी लगत्तै पार्टी महासचिव विप्लवले विज्ञप्ति जारी गरेर झुठा मुद्दा तत्काल खारेज गरी रिहा गर्न चेतावनी दिएका थिए । महासचिव विप्लवले गिरफ्तारीले जनयुद्धको नेतृत्व गर्ने नेता, कार्यकर्ता र जनयुद्धलाई साथ दिने श्रमिक जनतालाई आक्रोशित तुल्याएको भन्दै ढुंगेललाई बिनासर्त तुरुन्त रिहा गर्न आग्रह गरेका छन् ।
साथै जनयुद्ध र जनआन्दोलनमा महत्वपूर्ण योग दिने व्यक्तिलाई व्यक्ति हत्यामा दोषी बनाई जेल हालेर देशमा प्रतिक्रान्ति लाद्ने काम दलाल संसदवादीहरुले गरेको भन्दै बेवास्त गरेर प्रतिक्रान्तिकारी दमन जारी राखिन्छ भने राज्य र यसका संचालक सबैखाले दलालहरुले चर्को मूल्य चुकाउनुपर्ने चेतावनी समेत विप्लवले दिएका थिए ।
‘यो घटनाले जनयुद्धको नेतृत्व गर्ने नेता, कार्यकर्ता र जनयुद्धलाई साथ् दिने सम्पूर्ण जनतालाई स्तब्ध बनाएको छ ।’ महासचिव विप्लवद्वारा जारी गरिएकोको विज्ञप्तिमा भनिएको छ,- ‘क्रान्तिका क्रममा भएका घटनालाई आन्दोलनबाट अलग गर्ने र आन्दोलनमा विशेष योगदान गर्ने व्यक्तिलाई अलग गरेर आन्दोलनका विषयलाई व्यक्ति विशेषको अपराध बनाएर बस्तुत: क्रान्तिकारी आन्दोलनलाई बदनाम र कमजोर बनाउने कार्य दलाल संसदवादीको षड्यन्त्रपूर्ण र प्रतिक्रान्तिकारी कार्य हो ।’
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी