
काठमाडौँ – माओवादी केन्द्रले उपत्यकाको ४ सिटमा उमेदवारीको टुंगो लगाएको छ । बाँडफाँटमा माओवादी केन्द्रको भागमा परेको काठमाडौँ –६, ८ र १० त्यस्तै ललितपुर–३ को प्रतिनिधिसभामा उमेदवारी टुंगो लगाएको हो ।
पार्टीका काठमाण्डु इन्चार्ज लेखनाथ न्यौपानेका अनुसार काठमाण्डु–६ मा उमेश स्थापित, ८ मा झक्कु सुवेदी र १० हितमान शाक्य उमेदवार तोकिएका छन् ।
त्यस्तै ललितपुर–३ मा भने प्रवक्ता पम्फा भुषाल चुनाव लड्नेछिन् । भुषाल ०६४ सालको निर्वाचनमा सोहि क्षेत्रबाट निर्वाचित सांसद हुन् ।
काठमाडौँ ८ बाट उमेदवार बन्न लागेका सुवेदीले ०६४ को निर्वाचनमा एमालेको तत्कालीन पार्टी प्रमुख माधव नेपाललाई हराएका थिए भने शाक्य काठमाडौँ–६ बाट निर्वाचित भएका थिए ।
यसअघि काठमाण्डु १० मा नेता रामबहादुर थापा बादललाई अघि सार्ने तयारी गरे पनि निर्णय भने शाक्यको पक्षमा भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्