×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेसभित्र यस्तो डरलाग्दो भाउजु आतंकः आरजुलाई भेटी चढाउनुपर्ने…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कांग्रेसभित्र यस्तो डरलाग्दो भाउजु आतंकः आरजुलाई भेटी चढाउनुपर्ने…

Artha Sarokar

१५ कार्तिक २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

‘दा’ र दाजुले भरिभराउ भएको नेपाली कांग्रेसमा अचेल भाउजु शक्तिशाली बनेकी छन् । भाउजुको जयगानविना कांग्रेसमा टिकट पाउने, मन्त्री बन्नेमात्र होइन स–साना ठेक्का पनि हात लाग्दैनन् । अहिले शक्तिशाली बनेकी भाउजुको आशिरर्वाद पाए कांग्रेसको कल्याण हुने गरेको छ ।
सुशिल कोइरालाको नेतृत्व हुन्जेलसम्म कांग्रेसमा काम पाउने र अवसर पाउने कम थिएनन् । तर, जब सभापतिमा शेरबहादुर देउवाले जिते, प्रधानमन्त्रीमा पनि निर्वाचित भए त्यसपछि भाउजुको शासन बलियो भयो । देउवापत्नी आरजु राणा देउवाको रवाफले कांग्रेसको भविष्य नै दाउमा लागेको चर्चा सुरू भएको छ ।
सरकारी काम होस्, मन्त्री नियुक्ति होस्, सभासदमा सिफारिस पर्नुपरोस् वा कुनै खास लाभका पदमा पुग्नका लागि कांग्रेसमा आरजुलाई भेटी चढाउनुपर्ने प्रवृत्तिले जिल्लाका पुराना कांग्रेसहरू पनि दिक्क भएका छन् । ‘यो भाउजुप्रवित्तिले अब गलियो, कति गर्ने ? संघर्ष गरेको पार्टीलाई ठूलो बनाएको केही नदेख्ने ? जहाँ ५ प्रतिशत पाइयो त्यहाँ मात्र अवसर दिने चलन बढेको छ’, स्रोतले भन्यो,‘यतिबेला त झन् समस्यामा पारिरहेकी छन् ।’
अहिले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुरलाई भन्दा पनि उनकी पत्नीका लागि समय लिएर भेट्न जानेको लर्को ठूलो छ । नहुनु पनि कसरी ? कांग्रेसमा कुनै योगदान नगरी नै आरजु पटक–पटक सांसदमा सिफारिस परेकी छन् । यस पटक पनि समानुपातिकको सबैभन्दा माथि उनकै नाम रहेको छ ।
कांग्रेसभित्र भएको ६० र ४० प्रतिशतको भागवन्डाको श्रेय पनि भाउजुलाई जाने गरेको छ । उनले त्यही ६० प्रतिशतभित्र आफ्ना एजेन्डालाई स्थापित गर्न थालेकी छन् । ‘पैसाले कहिले पनि नपुग्ने परिवार रहेछ, टिकट लिन जाँदा पनि दिनुपर्ने, लिएर जितिसकेपछि पनि बुझाउन जानुपर्ने । कहिलेसम्म बुझाउने ?’, एकजना पुराना कांग्रेसीले भने ।
आरजुका कारण देउवा पक्षलाई जिल्ला जिल्लामा बोकेर हिँड्ने कार्यकर्ताको अहिले विचल्ली भएको छ । न अवसर पाएका छन् न त जिम्मेबारी नै । बरू, देउवाले उनीहरूलाई वास्ता गर्न नै छाडेका छन् । केही कांग्रेस कार्यकर्ताले देउवाको पत्नीमुखी स्वभावका कारणले अवसरबाट बञ्चित धेरैले कांग्रेस छाड्न लागेका छन् ।
त्यसो त आरजुको नजिक भएका कारणले नै प्रहरी एआइजी जयबहादुर चन्द आइजीमा नियुक्त भएका थिए । त्यसको कानुनी अड्चन झेल्न कठिन भएपछि आरजुका कारणले नै उनलाई ब्याक गरिएको थियो । पार्टीको आन्तरिक जीवनमा त आरजु नराम्रोसँग हावी भएकी छन् ।
अहिलेसम्म पार्टीभित्र पदाधिकारी नियुक्ति नगरिनुको कारण पनि आरजुको दबाब रहेको बताइन्छ । त्यतिमात्र होइन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, नेपाल तरूण दलका अध्यक्ष जितजंग बस्नेतलाई पनि आरजुले नै सेट गराएको कांग्रेसभित्र चर्चा चलिरहने गरेको छ । जनप्रहार साप्ताहिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी