Skip to content
LAXMI SUNRISE BANK

पौडेल र सिटौला गुटका नेता रित्तो हात

अर्थ सरोकार

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई फाईदा पुगोस वा नपुगोस भन्ने मतलब नराखी आफ्नै पार्टी भित्रका प्रतिष्पर्धीलाई सिध्याउन जरो काट्न लागेका छन् । 
यतिसम्मकी उनले बाजुराका स्थायी वासिन्दा भएर पनि दुई पटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका यूवा नेता बद्री पाण्डेलाई सिध्याउन प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष वा समानुपातिक कतै पनि उम्मेदवार बनाएनन् । बरू जिल्ला सभापति कबिराज पाण्डितलाई प्रतिनिधिसभाकै लागि उम्मेदवार बनाए । यो त एउटा उदाहरण मात्रै हो । देउवाको तारो बनेका वा कोपभाजनमा परेका आफ्नै गुटमा रहेर आफैलाई सयोग गरेपनि आफ्नो गुट इतरका नेता प्रकाशमान सिंहसँग राम्रो सम्बन्ध राखेको भन्दै दुइ पटक केन्द्रीय सदस्य भएका सुरेन्द्र प्रसाद पाण्डेलाई पनि प्रतिनिधिसभा वा प्रदेश सभा कतै पनि स्थान दिएका छैनन् । 
यतिसम्मकी देउवाले पार्टी विधानलाई धोति लगाउँदै कांग्रेसको सदस्यता लिएको पाँच बर्ष पनि नपुगेका डोल्पाका अंगद बुढालाई जिल्ला सभापति आफै घोषणा गरे र आफैले प्रतिनिधिसभाको लागि उम्मेदवार बनाए । 
रामचन्द्र पौडेल गुटको भनेर चिनिएका बैतडीका नरेन्द्रसिंह थापा, दार्चुलाका ललितसिंह बोहोरा, हुम्लाका जयपति रोकाया, जुम्लाका दिपबहादुर शाही, मुगुका खड्गबहादुर शाही, रूकुमका प्रेपप्रकाश  वली, लमजुङका भेषबहादुर पौडेल, गोरखाका हरिबहादुर घले,  रामेछापका लबश्री न्यौपाने, खोटाङका नरेशकुमार श्रेष्ठ, भोजपुरका नन्दमणी राइ र संखुवासभाका दिपनकुमार श्रेष्ठ जस्ता जिल्ला सभापतिलाई देउवाले प्रतिनिधिसभा त परै जाओस प्रदेश सभाको न प्रत्यक्षतर्फको उम्मेदवार बनाए, नत समानुपातिकमै राखे । देउवाले सिटौला निकटको भन्दै कालिकोटका सभापति हर्षबहादुर बम, सिन्धुपाल्चोकका बिकास लामा, पूर्वस्वास्थ्य मन्त्री तारमान गुरूङलाई समेत कतै टिकट दिएनन् । जनप्रहार साप्ताहिकमा खबर छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK