×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पहिलो चरणमा निर्वाचनमा मुख्य सुरक्षा चुनौती झडप

PRIME CA

पहिलो चरणमा निर्वाचनमा मुख्य सुरक्षा चुनौती झडप

१० कार्तिक २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – पहिलो चरणको निर्वाचन हुने अधिकांश जिल्लाको सुरक्षा अवस्था सामान्य रहेको गृह मन्त्रालयको निष्कर्ष छ । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
दलहरुबीच ध्रुवीकरण बढेको र निर्वाचनविरोधी शक्ति निस्क्रिय देखिएकाले निर्वाचनमा मुख्य सुरक्षा चुनौती प्रतिश्पर्धी दलका उम्मेदवारका समर्थकबीचको झडप नियन्त्रण रहेको सुरक्षा निकायको निष्कर्ष छ ।
केन्द्रीय तहका नेता उम्मेदवार बनेका गोरखा, नुवाकोट, सिन्धुपाल्चोक र पूर्वका जिल्लाको सुरक्षालाई गृहले बढी प्राथमिकता दिएको छ ।
सुरक्षा रणनीतिबारे जानकार अधिकारीका अनुसार ताप्लेजुङ १, भोजपुर १, ओखलढुंगा १, नुवाकोटका दुबै क्षेत्र, सिन्धुपाल्चोकका दुवै क्षेत्र, गोरखाका दुबै क्षेत्र, मनाङ १, रुकुम र रोल्पा, जाजरकोट १ र रुकुम पश्चिम १ सुरक्षाका दृष्टिले बढी समवेदनशील छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: