×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आचारसंहिता उल्लंघन गर्ने जो कोहीलाई पनि छोड्दैनौंः प्रमुख निर्वाचन आयुक्त यादव

LAXMI SUNRISE BANK

आचारसंहिता उल्लंघन गर्ने जो कोहीलाई पनि छोड्दैनौंः प्रमुख निर्वाचन आयुक्त यादव

८ कार्तिक २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सप्तरी – प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादबले आगामी प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा आचारसंहिता उल्लंघन गर्ने जो कोहीलाई कारवाहीको दायरामा ल्याउने बताएका छन् ।
बुधबार निर्वाचन तयारीको क्रममा गृह जिल्ला सप्तरी पुगेका यादबले सदरमुकाम राजविराजमा आयोजित अन्तरक्रियामा यसपटकको निर्वाचनमा आचारसंहिताको अनुगमन कडाईका साथ गरिने बताए ।
अन्तरक्रियामा उपस्थित राजनैतिक दलका नेताहरुलाई यादबले भने, ‘आफनै जिल्लाको यादब प्रमुख निर्वाचन आयुक्त हो भनेर नभुल्नुस, आचारसंहिता उल्लंघन गरेको खण्डमा कारवाही हुन्छ हुन्छ ।’
उनले सरकारी विद्यालयका शिक्षक र क्याम्पसका प्राध्यापकहरु उम्मेदवारहरुको प्रचारप्रसारमा प्रत्यक्ष सहभागी भएको पाइए आवश्यक कारवाही गर्न प्रशासनलाई समेत निर्देशन दिए ।
आचारसंहिता पालना गर्ने कार्यलाई राजनैतिक दलका नेताहरुले गम्भिरतापूर्वक बुझ्नुपर्ने उनको भनाई थियो । कुनै पनि बहानामा निर्वाचनको स्वच्छतासँग सम्झौता गर्न नसकिने बताउँदै यादबले राष्ट्रिय जिम्मेवारी पूरा गरेरै छोड्ने उल्लेख गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी