×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेस कार्यकर्ता वाम गठवन्धनमा लागेपछि बालुवाटारमा वैठक डाकियो

LAXMI SUNRISE BANK

कांग्रेस कार्यकर्ता वाम गठवन्धनमा लागेपछि बालुवाटारमा वैठक डाकियो

८ कार्तिक २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  – सत्तारुढ नेपाली कांग्रेस आगामी मंसिर २१ गते हुने दोस्रो चरण अन्तर्गतको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने गृहकार्यमा जुटेको छ ।
दोस्रो चरण अन्तर्गतको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस संसदीय समितिको बैठक जारी छ ।
दोश्रो चरणको निर्वाचनका लागि सिफारिस भएका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम टुंगो लगाउने विषयमा बैठक केन्द्रीत रहेको बताइएको छ । बुधबार बिहानदेखि जारी बैठकले लोकतान्त्रिक गठबन्धनमा रहेका राजनीतिक दलहरुसँगको निर्वाचनमा सहकार्य लगायतका विषयमा पनि ठोस निष्कर्ष निकाल्ने बताइएको छ ।
जिल्लाबाट सिफारिस भएका नाममाथिको व्यापक छलफल पछि चुनाव जित्न सक्ने, योग्य, लोकप्रिय र पार्टीमा निरन्तर क्रियाशिल सदस्यलाई उम्मेदवारको रुपमा अघि सारिने कांग्रेस केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले जानकारी दिए ।
पहिलो चरणको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार चयनमा पार्टीमा पुर्याएको योगदान र क्रियाशिलतालाई नहेरी नातावाद र कृपावादमा नाम चयन गरिएको भन्दै कांग्रेस नेतृत्वको आलोचना भइरहेको छ ।
पार्टीमा योगदान पुर्याउनेलाई पाखा लगाएको भन्दै कार्यकर्ताहरू वाम गठवन्धनमा लागेपछि वैठक डाकिएकाे भनिएकाे छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी