×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालुवाटारमा देउवा र प्रचण्ड अचानक भेटिएपछि भयो हेराहेर..! कस्तो भयो कुराकानी ?

LAXMI SUNRISE BANK

बालुवाटारमा देउवा र प्रचण्ड अचानक भेटिएपछि भयो हेराहेर..! कस्तो भयो कुराकानी ?

८ कार्तिक २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच मंगलबार अचानक भेट भयो ।
लामो समयपछि भएको उक्त भेटले एकछिन् त् आखा तरातरको अवस्था देखियो तर स्थिति सम्हादै दुवै नेताहरुले सामान्य रुपमा भलाकुसारी गरे । कांग्रेससँग सरकारमा बसेर एमालेसँग चुनावी तालमेल र पार्टी एकताको कसरतमा जुटेका प्रचण्ड र सरकारको नेतृत्व गरिरहेका देउवाबीच पछिल्लो समय केहि तिक्तता देखिएको थियो ।
मंगलबार अचानक जुरेको भेटघाटले मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल गर्न दुई नेता बाध्य बने ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटवार्तामा निर्वाचनको तयारीका बारेमा सरकारले गरिरहेको काम कारबाहीका बारेमा छलफल भएको थियो ।
प्रधानमन्त्री देउवाले तोकिएको मितिमा नै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको र त्यसमा कुनै पनि आशंका नगर्न माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आग्रह गरेको स्रोतको भनाई छ ।
त्यतिमात्र होइन माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु विनाविभागीय भएपछिको अवस्थाको बारेमा समेत कुराकानी भएको बताइएको छ ।
प्रचण्डले सरकारका सहभागी आफ्नो पार्टीका मन्त्रीले पद छाडिदिने जानकारी प्रधानमन्त्रीलाई गराए । “सरकारलाई अप्ठ्यारो पार्ने उद्देश्य हाम्रो छैन, निर्वाचनको सुनिश्चितता नै प्रमुख प्रश्न हो हामी त्यसमा प्रतिबद्ध छौँ”–प्रधानमन्त्रीसँग प्रचण्डसँग भने ।
प्रधानमन्त्रीले निर्वाचनको विषयमा कुनै पनि दुविधा नराख्न प्रचण्डलाई आग्रह गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी