×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् वामपन्थीहरूलाई सिध्याउन कसम खाने कांग्रेसका पावरफुल नेता ! होला त यिनको सपना पुरा ?

LAXMI SUNRISE BANK

यी हुन् वामपन्थीहरूलाई सिध्याउन कसम खाने कांग्रेसका पावरफुल नेता ! होला त यिनको सपना पुरा ?

७ कार्तिक २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाली कांग्रेसले प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूको निर्वाचन तोकिदिएको छ ।
एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन बनेका बेला नेपाली कांग्रेसले शीर्ष नेताहरूको निर्वाचन क्षेत्र तोकिदिएको हो । यी नेताहरूले वाम गठबन्धनलाई चुनौती दिने छन् । उनीहरूले वामपन्थीहरूलाई हराएर आफूले जसरी पनि जितेर आउने कसम लिएका छन् ।
प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरबाट प्रतिस्पर्धा गर्ने छन् । महामन्त्री डा.शशांक कोइराला, नवलपरासी १, वरिष्ठ नेता रामचन्द्र पौडेल– तनहुँ १, गोपालमान श्रेष्ठ – स्याङ्जा २, प्रकाशमान सिंह – काठमाडौं १, दीपक कुइँकेल – काठमाडौं २, अम्बिका बस्नेत – काठमाडौं ३, गगन थापा – काठमाडौं ४ बाट प्रतिस्पर्धा गर्ने कांग्रेसले जनाएको छ ।
डा.प्रकाशशरण महत – काठमाडौं ५, नवीन्द्रराज जोशी – काठमाडौं ८, ध्यानगोविन्द रञ्जित – काठमाडौं ९, राजेन्द्र जोशी – काठमाडौं १०, विजयकुमार गच्छदार – सुनसरी ३, ज्ञानेन्द्रबहादुर कार्की – सुनसरी ४, मीनबहादुर विश्वकर्मा – सुनसरी १, मीनेन्द्र रिजाल – मोरङ २, महेश आचार्य – मोरङ, डा.शेखर कोइराला – मोरङ ६, विश्वप्रकाश शर्मा – झापा १, आनन्दप्रसाद ढुंगाना – धनुुषा १, विमलेन्द्र निधि – धनुषा ३ बाट उम्मेदवार बन्ने भएका छन् ।
त्यसैगरी डा.रामशरण महत – नुवाकोट १, अर्जुन नरसिंह के.सी. – नुवाकोट २, पूर्णबहादुर खड्का – सुर्खेत १, रमेश लेखक – कञ्चनपुर ३ बाट प्रत्यक्षमा भिड्ने छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी