×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेसभित्रको किचलो : समानुपातिकमा श्रीमति, प्रेमिका र धुपौरे !

LAXMI SUNRISE BANK

कांग्रेसभित्रको किचलो : समानुपातिकमा श्रीमति, प्रेमिका र धुपौरे !

७ कार्तिक २०७४, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिले गरेको निर्णय बिपरित समानुपातिकबाट सांसद बनेकालाई पुन समानुपातिक तर्फ उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, सो निर्णय माइन्युट गर्ने बेलामा पार्टी सभापति शेबहादुर देउवाको निर्देशनमा पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई निर्णयभन्दा फरक शब्द माइन्युटमा लेख्न लगाइयो । त्यसमा अपवादवाहेकलाई भन्ने शब्द छिराएर आफ्ना नजिकका नाता र दातालाई समानुपातिकमा राख्ने रणनीति रहेको पछि थाहा भएको छ । 
नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएका बन्दसूचीमा समानुपातिकतर्फ पार्टी सभापति देउवा र संसदीय वोर्डका सदस्यहरूले आ–आफ्ना श्रीमती र प्रेमिका तथा धुपौरे महिलाको नाम समावेश गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको गर्लफ्रेण्ड भनेर चिनिएकी तेह्रथुमकी सीता गुरूङ र मकवानपुरकी महालक्ष्मी उपाध्याय डिनालाई देउवाको ठाडो आदेशमा पार्टी केन्द्रीय कार्यसमितिको निर्णय उल्टाउँदै पुन समानुपातिकमा नाम राखिएको छ । यी दुवै महिला यस्ता भाग्यमानी हुन् जो २०६४ साल र २०७० सालको संविधानसभा निर्वाचनमा दुई पटक देउवाबाट समानुपातिक सांसदको बक्सिस पाए । 
उपाध्याय पार्टीको महाधिवेसनमा केन्द्रीय सदस्यमा पराजित भए पनि मनोनित हुन पाउने भाग्यमानी हुन् । उपाध्याय श्रीमान्बाट अलग भएकी महिला हुन् भने सीताले दुई बर्षअघि मात्र पोखराका एक युवकसँग विवाह गरेकी छिन् । सीता समानुपातिक सांसद भए पनि हाल भौतिक पूर्वाधारा तथा यातायात व्यवस्था राज्यमन्त्री बन्न पाउने भाग्यमानी हुन् । बारा स्थायी घर भएकी मधु शाही ठकुरी यसअघि समानुपातिक सांसद थिइन् । उनलाई संसदीय वोर्डका सदस्य फरमुल्लाह मन्सुरको प्रेमिका भएको आरोप लाग्ने गरेको छ ।
बंगलदेशका लागि नेपाली राजदूत चोपलाल भूषालकी श्रीमती पुष्पा भूषाल संसदीय वोर्डका सदस्य खुमबहादुर खड्कासँग अन्तरंग सम्बन्ध भएकी कानुन व्यवसायी हुन् । समानुपातिकमा २०७० मै सांसद भएकी शीला खड्का पुन समानुपातिकमा सिफारिस भएकी छन् । उनी कांग्रेस नेता खुमबहादुर खड्काकी धर्मपत्नी हुन् । कमला पन्तले गोरखा स्थायी घर भएर काभ्रे कांग्रेसका सभापति मधु आचार्यसँग विवाह गरेकी छन् । पार्टी नेता रामचन्द्र पौडेलकी विश्वास पात्र पन्त २०६४ साल र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक प्रणालीबाट सांसद बनेकी छन् । उनी पुन पौडेलको निगाहमा समानुपातिक तर्फ नैं उम्मेदवार बनेकी छन् । 
कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता पनि २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक सांसद भएकी थिइन् र उनी यस पटक पनि समानुपातिक प्रणालीबाटै सांसद बन्ने भएकी छन् । सुजातालाई समानुपातिकमा राख्न महामन्त्री डा. शशांक कोइरालाले दबाब दिएका थिए । पार्टीकी पूर्वकेन्द्रीय कोषाध्यक्ष चित्रलेखा यादव र वर्तमान कोषाध्यक्ष सीतादेवी यादव प्रत्यक्षतर्फ चुनाव लड्दा पराजित हुने डरले समानुपातिकमा उम्मेदवार बनेका छन् । चित्रलेखा यादव २०७० सालको संविधानसभा निर्वाचनमा पनि समानुपातिकतर्फबाट सांसद थिइन् । 
संसदीय वोर्डका अर्का सदस्य बालकृष्ण खाँडले श्रीमती मञ्जु खाँडको नाम समानुपातिकमा राखेका छन् । संसदीय बोर्डका अर्का सदस्य डा. मिनेन्द्र रिजालले पूर्वप्रधानमन्त्री सुशील कोइरालाकी वैदेशीक सल्लाहकार मृदुला कोइरालाको नाम  राखेका हुन् । सभापति देउवाले आफ्नै श्रीमती डा. आरजु देउवा राणालाई समेत समानुपातिकमा राख्ने भएका छन् । कांग्रेसका करिब एक सयजना समानुपातिक सांसदमध्ये ७० बढी सांसद प्रत्यक्ष र समानुपातिकको टिकटबाट यस पटकको प्रदेशसभा र प्रतिनिधिसभामा टिकट नपाउने भएका छन् । जनप्रहार साप्ताहिकमा खबर छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी