×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्ड प्रतिशोधको यस्तो भुङ्ग्रो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रचण्ड प्रतिशोधको यस्तो भुङ्ग्रो !

७ कार्तिक २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचनमा गोरखा–२ निक्कै चर्चामा छ । एक समय माओवादीका समान पदमा रहेका डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको तिव्र स्पर्धा हुने भएकाले पनि चर्चामा रहेको हो । उम्मेदवारी मनोनयन दर्ता गरेको भोलीपल्ट सोमबारै दुवैले एक अर्काको खुलेर आलोचना गरे । बाबुरामले बाम गठबन्धन कमजोर हुनुका साथै आफ्नो बाटो लाग्ने बताए भने नारायणकाजीले बाबुराम समृद्धिका साधक नहुने टिप्पणी गरे । तर, यी दुवैले आफू प्रतिशोधको भुङ्ग्रोमा परेको भने हेक्का राखेका छैनन्। 
यो भिडन्तले प्रतिनिधि सभामा बाबुराम र नारायणकाजी मध्ये एकलाई मात्र सुरक्षित गर्नेछ । तर, यो भिडन्तमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दोहोरो जीत हुनेछ । पराजय र विजय दुवैमा प्रचण्डको प्रतिशोध साँचिनेछ । 
राजनीतिको दशकपुरूष बन्ने क्रममा रहेका प्रचण्डले यहि दशकभित्रको प्रतिशोध बाबुराम र नारायणकाजीलाई भिडाएर लिँदैछन् । यसको सुरूवात उनले वामपन्थी गठजोडमा रहँदा बाबुरामको दाबीलाई स्वीकार नगर्ने अडानले मात्र पार लगाएका छैनन् । यो अडानमा एमाले अध्यक्ष केपी ओलीलाई समेत उभ्याउन सक्षम भएका प्रचण्डले बाबुरामलाई केन्द्रिय राजनीतिबाट पाखा लगाउने कामको पहिलो चरण त पार गरेका छन् । तर, दोस्रो चरणमा नारायणकाजीको राजनीतिक जीवनलाई पनि चुनौतिको भुङ्ग्रोमा राख्न सफल भए । पहिलो चरणको संविधानसभा चुनावमा सर्वाधिक मत ल्याएका बाबुरामको गृहनगरमा नारायणकाजीलाई उभ्याउनु नै एउटा भयङ्कर चुनौति हो ।
कुनैबेला प्रचण्डबिरूद्ध गठजोड बनाएर पार्टीमा उनलाई कमजोर पार्नका लागि संगठित भएका बाबुराम र नारायणकाजीलाई एउटै क्षेत्रमा भिडाएर प्रचण्डले राजनीतिक प्रतिशोधलाई पूरा गरेका हुन् । प्रचण्डबिरूद्ध ५ वर्षअघि गठबन्धन गर्ने दुई मध्ये एकजनाको पराजय निश्चित हुनेछ । ‘जसले जीतेपनि यसमा प्रचण्डको जीत देखिरहेको छु । यी दुवैले प्रचण्डलाई माओवादीमा घेराबन्दि गर्नका लागि धोवीघाट वैठकको नेतृत्व गरेका थिए ।’, स्रोतले भन्यो,‘त्यसका अर्का पात्र मोहन वैद्य राजनीतिबाटै समाप्त हुनेगरी प्रचण्डले बादललगायतले पार्टीमा भित्राए । उता, त्यसमा सहभागी भएका बादललाई पनि जिम्मेबारीविहीन बनाएर पार्टीमा राखेका छन् ।’
विराटनगर सम्मेलनमा प्रचण्डबिरूद्ध नेतृत्वको दाबी गरेपछि बाबुरामलाई केन्द्रिय राजनीतिबाट पाखा लगाउनैपर्ने अडानमा प्रचण्ड देखिएका थिए । संविधान जारी भएपछि बाबुरामले माओवादी छाडेपछि प्रचण्डको प्रतिपक्षका रूपमा पार्टीभित्र नारायणकाजी उभिएका थिए । 
बाम गठजोड बन्ने निधो भएपछि त्यसको सहयोगमा गोरखामा आफूलाई उभ्याउन सक्ने ठानेर वामपन्थी कित्तामा जोडिन पुगेका बाबुरामलाई उक्त क्षेत्र दिन नसकिने माओवादी अडानपछि उनी गठबन्धनबाट बाहिरिए । तर, १० मंसिरमा बाबुराम पनि असामान्य सहयोगसँगै भिडन्तका लागि तयार भएका छन् । गोरखा कांग्रेसको सहयोगमा उनी निर्वाचन मैदानमा उत्रिए । माओवादी संगठन बलियो रहेको गोरखा–२ मा बाबुरामका पकेटका मत पनि बलियो रहेको र कांग्रेस पनि स्पर्धी भएका कारणले यो भिडन्त निक्कै रोचक हुने देखिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी