×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाम गठबन्धनमा बाबुराम नअट्नुको अन्तर्कथा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

वाम गठबन्धनमा बाबुराम नअट्नुको अन्तर्कथा

७ कार्तिक २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

वामपन्थी गठबन्धन बन्ने निश्चित भइसकेको अवस्था थियो । सोही समयमा माओवादी केन्द्रले गोरखामा कसलाई उठाउँदैछ भन्ने चियोका लागि बाबुरामले प्रचण्डलाई फोन गरेका थिए । प्रचण्डले फोनमा बाबुरामलाई एमालेसँग एकीकरणको तहसम्म जाने कुरामा बहस भइरहेको बताएपछि बाबुरामले अत्तालिएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरी सहभागी हुने बताए । ओलीले ठिकै छ आउनुहोस् भनेर बाबुरामलाई बोलाएका थिए । 
हतारमा वामपन्थी एकीकरणमा बाबुरामको पनि सहभागीता भयो । तर त्यसअघि निर्वाचनमा कसरी जाने भन्ने टुङ्गो लागिसकेको थिएन । एकीकरण घोषणाको साँझ बाबुरामले गोरखा–२ आफूलाई सघाउनका लागि ओली र प्रचण्डसँग प्रस्ताव गरेका थिए । तर, प्रचण्डले १ नम्बरमा जानका लागि भन्दै २ नम्बर माओवादीको राम्रो संगठन रहेका कारण आफूले नै लिने दाबी गरे । 
यही विषयमा विवाद भएपछि ओलीलाई सोध्नू भनेर बाबुरामलाई प्रचण्डले सुझाए । ओलीले माओवादीसँग धेरै ठाउँमा तालमेल हुने भएकाले उसको सुझावअनुसार अघि बढ्न बाबुरामलाई भनेका थिए । गोरखा–२ नीजि क्षेत्र भएका कारणले बाबुरामले दाबी छाडेनन् । १५ सीट माग गरेका बाबुराम १० सीटमा सीमित हुन तयार भए तर गोरखा–२ नछाड्ने अडानमा आए । बाबुरामको उक्त प्रस्ताव पनि प्रचण्डले नमान्ने भएपछि उनको बहिर्गमन भएको स्रोतहरूको दाबी छ । जनप्रहार साप्ताहिकमा खबर छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी