×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बागी उम्मेदवारमाथि बाम गठबन्धनले ‘कडा एक्सन’ लिने, यस्तो छ तयारी

LAXMI SUNRISE BANK

बागी उम्मेदवारमाथि बाम गठबन्धनले ‘कडा एक्सन’ लिने, यस्तो छ तयारी

६ कार्तिक २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बाम गठबन्धनविरुद्ध वागी उम्मेदारी दिने नेता कार्यकर्तालाई पार्टी कारबाहीको चेतावनी दिएका छन् ।
आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वानका लागि मनोनयन दर्ताका क्रममा एमाले, माओवादीका कतिपय नेता, कार्यकर्ता वाम गठबन्धनका उम्मेदवारविरुद्ध वागी उम्मेदवार बनेपछि दुबै दलले कडा कारवाहीको चेतावनी दिएका हुन् ।
जाजरकोटमा वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार माओवादी केन्द्रका नेता शक्ति बस्नेतविरुद्ध एमालेका गोविन्द्रविक्रम शाहीको वागी उम्मेदवारी परेको छ ।
एमालेले साझा उम्मेदवारविरुद्ध उम्मेदवारी दिने नेता कार्यकर्तालाई उम्मेदवार फिर्ता नलिए भविष्यमा कुनै जिम्मेवारी नदिने गरी कारबाही गर्ने समेत जनाएको छ ।
एमाले सचिव प्रदीप ज्ञवालीले बागी उमेदवारी दिनु गठबन्धनको मर्म विपरित मात्र नभई पार्टीको नीति विपरित भएको बताए । उनले निःशर्त उमेदवारी फिर्ता लिन पनि आग्रह गरे ।
“एकाध ठाउँमा मिस कम्युनिकेशन भएको हुनसक्छ,” उनले भने, “भोलिसम्म उहाँहरूले फिर्ता लिनुहुन्छ ।” उनले फिर्ता नलिने उमेदवारहरूलाई पार्टीले कारवाही गर्ने र भविष्यमा कुनै जिम्मेवारी नदिइनेसमेत प्रष्ट पारे ।
“कारवाही गर्नुपर्ने परिस्थिति आउँछजस्तो मलाई लाग्दैन,” उनले भने, “तालमेल गर्दा कसैलाई अन्याय भएको हुनसक्छ । तर, भोलिका दिनमा पार्टीले न्याय गर्छ ।
एमालेले यसअघि बागी विद्रोही उमेदवारी दिएका नेता कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले वागी उम्मेदवारी फिर्ता हुने बताउदै यदी त्यसो नभए पार्टीले कारवाही गर्ने बताइन् ।
यस्ता छन् ‘बागी’ उम्मेदवार
बझाङमा एमालेबाट बागी उमेदवार परेको छ । भैरवबहादुर सिंहका विरुद्ध एमालेकै गोपालबहादुर खड्काले प्रतिनिधि सभामा उदेवारी दिएका छन् । त्यस्तै आधिकारिक उमेदवार अर्जन थापाका विरुद्ध शेरबहादुर बोहोराले प्रदेश क मा उदेवारी दिएका छन् ।
जाजरकोटमा कम्युनिष्ट गठबन्धनका नेता तथा पूर्वमन्त्री शक्ति बस्नेतविरुद्ध एमालेका गोविन्द विक्रम शाहले बागी उमेदवारी दर्ता गराएका छन् ।
एमालेको प्रभाव रहेको क्षेत्रमा माओवादी केन्द्रलाई उमेदवार बनाएको भन्दै शाहले बागी उमेदवारी दिएको बताएका छन् ।
त्यसैगरी नेकपा एमालेमा भर्खरै प्रवेश गरेका गुन्डा नाइके दिपक मनाङेले मनाङमा एमालेकै उमेदवार खण्डा लामाविरुद्ध बागी उमेदवारी दर्ता गराएका छन् । एमालेका खण्डा लामा गुरुङ विरुद्ध मनाङेले उमेदवारी दिएका हुन् ।
माओवादी केन्द्रबाट हुम्लामा उम्मेदवार बनेका छिमि दोर्जे लामाविरुद्ध पूर्वमन्त्री छक्कबहादुर लामाले र सोनाग्याल्जन लामाले बागी उम्मेदवारी दर्ता गराएका छन् । – काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी