×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वरियताक्रमको तेश्रो स्थानमा रहेका लोकदर्शन रेग्मी सरकारको मुख्यसचिवमा नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

वरियताक्रमको तेश्रो स्थानमा रहेका लोकदर्शन रेग्मी सरकारको मुख्यसचिवमा नियुक्त

६ कार्तिक २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सरकारको नयाँ मुख्यसचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गरिएको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले गृहसचिव रहेका रेग्मीलाई मुख्यसचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
उमेर हदका कारण मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले अनिवार्य रुपमा अवकाश लिने भएपछी २४ औं मुख्यसचिवमा रेग्मी नियुक्त भएका हुन् ।रेग्मीसँगै ङइन्द्रप्रसाद उपाध्याय र शंकर अधिकारी मुख्यसचिवको प्रतिष्पर्धामा थिए । तर, वरियताक्रममा तेस्रो स्थानमा रहेका रेग्मीले बाजी मारे । मुख्यसचिवको आकांक्षी तीनै सचिव २०७० साउन ६ गते सचिवमा बढुवा भएका थिए । वरियताक्रममा उपाध्याय पहिलो, अधिकारी दोस्रो र रेग्मी तेस्रो स्थानमा छन् ।
त्यसैगरी वन मन्त्रालयका प्रकाश माथेमालाई पशुपंक्षी मन्त्रालयमा, लोकसेवा आयोगका मधुप्रसाद रेग्मीलाई शिक्षा मन्त्रालयमा, पशुपंक्षीका युवकध्वज जिसीलाई वनमन्त्रालयमा सरुवा गरिएको छ । सामान्य प्रशासनको जिम्मेवारी रेश्मीराज पाण्डेलाई दिइएको छ । सरकारले पुनर्निर्माण प्राधिकरणका सिइओ गोविन्दराज पोखरेलको राजीनामा स्वीकृत गरी तत्कालका लागि पूर्वसचिव युवराज भूषाललाई प्राधिकरणको नेतृत्वको जिम्मेवारी दिएको सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिएका छन् । – एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी