×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उर्जामन्त्री महेन्द्रबहादुर शाहीले गरे ८३ दिनमा यस्ता १९ महत्वपूर्ण काम

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

उर्जामन्त्री महेन्द्रबहादुर शाहीले गरे ८३ दिनमा यस्ता १९ महत्वपूर्ण काम

२ कार्तिक २०७४, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ  – पूर्वउर्जामन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण १९ काम सार्वजनिक गरेका छन् । उर्जामन्त्री भएर कार्यभार सम्हालेका शाहीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले विनाविभागीय बनाएपछि जिम्मेवारी विहीन भएका हुन् ।

शाहीले आफ्नो कार्यकालमा मोवाइल एप्स तथा अनलाइन सेवा मार्फत ग्राहकहरुको विद्युत महशुल भुक्तानी गर्न सकिने व्यवस्था गरेका थिए ।

यस्तो छ उनले गरेको १९ महत्वपूर्ण कार्यः

२०७४ साउन ११ गते मन्त्री बनेका शाहीले जम्मा ८३ दिन मात्र ऊर्जामन्त्रालय सम्हाल्ने मौका पाएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ असोज ३१ गते बिना बिभागीय मन्त्री बनाएपछि ऊर्जामन्त्रालयमा रहेर काम गरेको समयावधि मात्र ८३ दिन भएको हो ।

१) मोवाइल एप्स तथा अनलाइन सेवा मार्फत ग्राहकहरुको विद्युत महशुल भुक्तानी गर्न सकिने व्यवस्था गरि हाल सो सेवा काठमाण्डु, पोखरा, भरतपुर, नेपालगन्ज, सुर्खेत, गुलरिया, कोहलपुर आदि स्थानमा संचालन गरिएको र केही दिनमै देशभर संचालनमा ल्याईने कार्य पहिलो पटक थालनी गरिएको ।

२) विद्युत खरिद विक्री तथा यसको उत्पादन प्रशारण वितरणलाई व्यवस्थित वनाउन व्यवस्थापिका संसद्वाट विधेयक पारित गराई विद्युत नियमन आयोग ऐन तयार गरिएको ।

३) कर्णाली करिडोर अन्तर्गतको ४०० के.भि. प्रसारण लाइनको डि.पि.आर. सुरु गरि सो आयोजनाको लागी आवश्यक जग्गा अधिग्रहणको काम समेत अगाडी वढाइएको ।

४) बिद्युतको केन्द्रिय प्रसारण लाईन नपुगेको कर्णाली अञ्चलमा राष्ट्रिय प्रसारण ग्रीडबाट विद्युत सेवा आपुर्ती गर्न आवश्यक व्यवस्था गरि काम प्रारम्भ गरिएको ।

५) विद्युत उत्पादन कम्पनी मार्फत फुकोट कर्णाली लगायतका आयोजनाहरुको अध्ययन कार्य शुरु गरिएको साथै फुकोट कर्णाली जलविद्युत आयोजनामा कर्णालीका स्थानीय जनता तथा निजामति लगायत सार्बजकि सेवामा रहेका कर्मचारीहरुको शेयर लगानीको सुनिश्चितता गरिएको । नगद लगानी गर्न नसक्ने जनतालाइ श्रमदान मार्फत शेयर लगानी गर्ने व्यवस्था मिलाइएको ।

६) मोवाइल एप्लिकेशन तथा टोल फ्रि हटलाइन नम्वर ११५१ वाट जनगुनासो प्रत्यक्ष रुपमा सुनेर सिघ्रातिसिघ्र समाधान गर्ने व्यवस्था गरिएको ।

७)चीन सरकारसँग विद्युत व्यापारको लागी सम्झौता पत्रमा हस्ताक्षर भई व्यापारको प्रक्रिया अघि बढाईएको ।

८) राष्ट्रिय प्रसारण लाइनलाई भविष्यमा समेत विद्युत आपुर्ती सहज वनाउन ४०० के.भि. को प्रशारण लाइनको गुरुयोजना तयार गरि आवश्यक काम अगाडी वढाईएको ।

९) सोलारबाट उत्पादन भएको विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न नेट मिटरिङ्ग प्रणाली शुरु भएको ।

१०) प्रशासनिक सुधारका कामहरु अगाडी बढाईएको । जस्तै जनताको कामहरु छिटोछरितो प्रभावकारी तरीकाले गर्ने व्यबस्था गरिएको । प्रत्येक कार्यालयमा सोधपुक्ष कक्ष, सहजकर्ता राख्ने, कर्मचारीहरुलाइ सुव्यवस्थित राख्ने कार्यलाई जनमुखी बनाईएको ।

११) लामो समयबाट रोकिएको वगास(ऊखु) बाट विद्युत उत्पादत गर्ने योजना हाल विद्युत उत्पादन लाइसेन्स दिएर उत्पादन गरि राष्ट्रिय ग्रीडमा जोड्ने तयारीमा रहेको ।

१२) लामो समयबाट रोकिएको कुलेखानी तेस्रो, चमेलिया, त्रिशुली ३ ए तथा ने.वि.प्रा. का सहायक कम्पनीबाट निर्माणाधीन अपर तामाकोशी, रसुवागढी, मध्य भोटेकोशी, सन्जेन जस्ता आयोजनाहरु द्रुत गतिमा अगाडी वढाइएको ।

१३) देशभर रहेका ने.वि.प्रा. अन्तर्गत रहेका वितरण केन्द्रबाट बाँकी बक्यौता असुल तथा चुहावट कम गर्ने कार्यमा तिव्रता दिइएको ।

१४) लामो समयबाट विद्युत उत्पादन अनुमतीपत्र लिइ काम नगरेका आयोजनाहरुको अनुमतीपत्र खारेजी प्रक्रिया अघि वढाइएको ।

१५) चमेलिया जलविद्युत आयोजना यही हिउँदअघि उत्पादन हुने व्यवस्था मिलाईएको ।

१६) आ.व. २०७४÷७५ भित्र सम्पन्न हुने आयोजनाहरुलाई समयमै सम्पन्न गर्न विशेष पहल गरिएको ।

१७) पूर्वदेखि पश्चिमसम्म तराई र मध्य पहाडमा ४०० केभी प्रसारण लाइन , न्यू बुटवल –गोरखपुर तथा गल्छी केरुङ क्रसबोर्डर ४ सय केभी प्रसारण लाईन , कर्णाली , सेती , भेरी लगायतका नदी वेसिनमा ४०० के.भी. प्रसारण लाइनलाई आगामी ५ बर्षभित्र निर्माण सम्पन्न गर्नेगरि योजना अगाडि बढाईएको ।

१८) सुस्त गतिमा रहेको पंचेश्वर वहु–उद्धेश्यीय आयोजनाको कामलाई प्रभावकारी वनाई आयोजनाको काम दु्रत गतिमा अघि वढाईएको ।

१९) संविधान वमोजिम विद्युत क्षेत्रको प्रादेशिक र स्थानिय तहमा प्रशासनिक तथा संस्थागत संरचना खडा गर्न प्रदेश नं. ६ मा समेत ने.वि.प्रा. वितरण तथा ग्राहक सेवा निर्देशनालयको क्षेत्रिय कार्यलय स्थापना गरिएको ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी