×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेसले पनि पत्याएन बाबुरामलाई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कांग्रेसले पनि पत्याएन बाबुरामलाई

२ कार्तिक २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाली कांग्रेसले गोरखा निर्वाचन क्षेत्र नम्बर २ नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई छाडे पार्टीलाई घाटा हुने भन्दै कार्यकर्ताले विरोध गर्न थालेका छन् ।
‘कांग्रेसलाई जरैदेखि फाल्नुपर्छ भनेर वाम गठबन्धनमा लागेका भट्टराईलाई गठबन्धनले गोरखा २ नदिएपछि उनी कांग्रेससँग तालमेल गर्न आएका छन्’, कांग्रेसका एक नेताले भने, ‘भट्टराईका कार्यकर्ताले अर्को क्षेत्रमा कांग्रेस उम्मेदवारलाई भोट हालेर जिताउँछन् भन्ने ग्यारेन्टी के ?
जिल्ला तहका नेता कार्यकर्ता र गोरखाबाट केन्द्रीय तहमा पुगेका नेता पनि गोरखा २ मा भट्टराईलाई छाड्न तयार छैनन् । स्थानीय तह निर्वाचनमा गोरखाका ११ मध्ये ९ तह जितेको कांग्रेस अहिले जिल्लामा पहिलो शक्ति देखिन्छ । दोस्रो माओवादी केन्द्र , तेस्रो एमाले र चौथोमा नयाँ शक्ति छ । तर, भट्टराईले चुनावी प्रतिष्पर्धा गर्न लागेको गोरखा २ मा भने नयाँ शक्ति एमालेभन्दा अगाडि छ । – नागरिक दैनिकबाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी