×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृह मन्त्रालय आफूले लिनासाथ आइजीपी फेर्दै देउवा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

गृह मन्त्रालय आफूले लिनासाथ आइजीपी फेर्दै देउवा

Artha Sarokar

१ कार्तिक २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सरकारले नेपाल प्रहरीको प्रमुख ((आईजीपी) फेर्ने तयारी गरेको छ । माओवादीबाट सरकारमा सहभागी मन्त्रीलाई हटाएर विना विभागीय बनाई गृह मन्त्रालय आफै सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी प्रमुख प्रकाश अर्याललाई उपयुक्त पद ९ सुरक्षा सल्लाहकार० मा सरुवा गरेर जयबहादुर चन्दलाई नयाँ आईजीपी नियुक्त गर्नै लागेको बालुवाटार निकट उच्च स्रोतले बताएको छ ।
अदालतका कारण फूली लगाउनबाट वञ्चित भएर एआईजीमा चित्त बुझाएका थिए । उनी भर्खरै मात्र एमालेमा प्रवेश गरेका डीआईजी नवराज सिलवालका कारण आईजीपी हुन पाएका थिएनन् ।
अदालतमा तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीले एमालेको निर्देशनमा सिलवलाको पक्षमा फैसला गरेपछि चन्दले सरकारबाट आईजीपी नियुक्त भएर पनि फूली लगाउन पाएका हुन् । अब भने देउवाले चन्दमाथि न्याय गर्न लागेका छन् । ‘गृह मन्त्रालय आजबाट सम्हाल्नुभएका देउवा दाईले अबको तीन दिनभित्र आईजीपी फेर्नुहुन्छ । अन्यायमा परेका जयबहादुर चन्द अबको आईजीपी हो,’ बालुवाटार स्रोतले भन्यो । – एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी