Skip to content
LAXMI SUNRISE BANK

उर्जा मन्त्रालयमा थन्किएपछि देउवासंग थापा असन्तुष्ट,कसले पाउला गृह मन्त्रालय ?

अर्थ सरोकार

काठमाडौँ – वर्तमान नेपाली कांग्रेस नेतृत्वको सरकारमा गृह मन्त्रालय पाउने आशाका साथ प्रवेश गरेका राप्रपा अध्यक्ष कमल थापालाई प्रधानमन्त्री शेरबहादुर देउवाले उर्जा मन्त्रालयमा थनक्याएपछि उनी असन्तुष्ट देखिएका छन् । यससँगै गृह मन्त्रालयको जिम्मेवारी तत्कालका लागि आफैंले लिएका देउवाले अब उक्त मन्त्रालय कसलाई देलान भन्ने चर्चा परिचर्चा पनि सुरु भएको छ ।
स्रोतका अनुसार गृह मन्त्रालयसहित उपप्रधानमन्त्री थापालाई बनाउने र राप्रपालाई परराष्ट्र, जलस्रोत र स्वाथ्य मन्त्रालय दिने वचनपछि थापाले शेरबहादुर देउवा सरकारलाई समर्थन गरेका थिए। गृह आफूले लिएपछि परराष्ट्रमन्त्री पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्दलाई बनाउने थापाको योजना थियो।
यसैगरी दीलनाथ गिरीलाई जलस्रोत र विक्रम थापालाई स्वास्थ्यमन्त्री बनाउने तयारी गरिएको थियो। तर, प्रधानमन्त्री देउवाले गृह र परराष्ट्रमन्त्री आफैले राखे भने परराष्ट्र मन्त्रालयको जिम्मेवारी राप्रपा (प्रजातान्त्रिक) का दीपक बोहोरालाई दिए। राप्रपाको भागमा चाहिँ आपूर्ति (जयन्त चन्द), शहरी विकास (दीलनाथ गिरी) र महिला बालबालिका तथा समाजकल्याण (बिक्रमबहादुर थापा) पर्‍यो।
माओवादीले सम्हालेका मन्त्रीलाई बर्खास्त वा विना विभागीय हैसियतमा झारी राप्रपालाई उनीहरुले सम्हालेका महत्वपूर्ण मन्त्रालय दिने सहमति प्रधानमन्त्री देउवा र थापाबीच भएको थियो। खासमा २८ असोजमै थापा सहित राप्रपाका मन्त्रीहरुलाई उपरोक्त मन्त्रालय दिने वचन देउवाले दिएका थिए। तर, त्यो नभएपछि थापाले देउवासँग गुनासो गर्न थाले। सरकारमा भित्र्याएपछि देउवाले गृह, परराष्ट्र लगायत जस्ता महत्वपूर्ण मन्त्रालय दिन नसक्ने बताएपछि थापाले देउवालाई गठबन्धनमा नै समस्या आउने चेतावनी समेत दिए । – एस काठमाडौँ 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK