×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंमा विनालाइसेन्स सवारी चलाउने साढे २६ हजार !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

काठमाडौंमा विनालाइसेन्स सवारी चलाउने साढे २६ हजार !

३० आश्विन २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – काठमाडौं उपत्यकामा लाइसेन्स नलिई सवारीसाधन चलाउनेको संख्या बढी रहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७३/७४ मा २६ हजार ५ सय २९ जनाले विना लाइसेन्स सवारीसाधन चलाएको पाएको छ । महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चेकजाँच गर्दा उक्त संख्यामा चालक कारबाही गरेको हो । 
महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनाल कानुनको परिपालना नगरी अनधिकृत रुपमा लुकिछिपी सवारीसाधन चलाउनेको संख्या धेरै रहेको बताए । ‘विना लाइसेन्स भित्री सडकमा सवारी साधन चलाउने चालक धेरै छन्, ट्राफिक प्रहरीले यस्ता चालकमाथि विशेष अभियान चलाएको छ,’ प्रमुख खनालले भने । उनले सवारीसाधनको वृद्धिसँगै लाइसेन्स नलिई सवारी चलाउने चालकको संख्यामा समेत वृद्धि हुँदै गएको बताए । 
महाशाखाले अहिले विनालाइसेन्स सवारीसाधन  चलाउने चालकमाथि रु. एक हजार जरिवाना लिँदै आएको छ । पहिला रु. २ सय ५० राजस्व लिँदै आएको महाशाखाले २०७३ वैशाख १३ गतेको निर्णयअनुसार एक हजार राजस्व लिँदै आएको हो । 
पक्राउ परेका सवारीसाधन फिर्ता भने सम्बन्धित सवारीधनी वा चालकको आफन्तले लाइसेन्स लिएर आएपछि मात्र गर्ने गरिन्छ । हाल काठमाडौं उपत्यकामा मात्र ११ लाखको हाराहारीमा सवारीसाधन रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी