
नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्र विष्टले पार्टी परित्याग गरेका छन् । माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेल हुँदै पार्टी एकतासम्म जाने सहमती भएपछि असन्तुष्ट रहेका नेता विष्टले आफू अब स्वतन्त्र भएको घोषणा गरेका छन् ।
बिष्टले पार्टीको केन्दीय कार्यालय सदस्य, पर्यटन र केन्द्रीय उत्पादन विभाग, पर्यटन विभागको इन्चार्ज र पार्टी सदस्यबाटै राजिनामा दिएको जानकारी दिंदै यस्ताे गरेको घोषणा गरेका हुन् ।
बिस्टले माओवादी अध्यक्ष प्रचण्डले भन्ने एउटा र गर्ने अर्को गरेको आरोप लगाएका छन्। विष्टले प्रचण्डमाथि व्यंग्य गर्दै भनेका छन्, ‘प्रचण्ड भनेका ‘लभ गर्ने एउटा सित, ‘लगनगाँठो kअसने अर्कै सित, भन्ने एउटा गर्ने अर्कै, ओँठमा चुम्बन गर्ने पिठ्युमा छुरा रोप्ने मान्छे हुन्।’
‘प्रचण्डले दिनलाई रात रातलाई दिन, लुकिङ लन्डन टर्निङ टोकियो, भातका लागि साथ विर्सने, लाभका लागि भात विर्सने, हिँड्दै पाइला मेट्दै गर्ने, डर मान्नेको भर मान्ने, भर मान्नेको डर मान्ने, साथी र शहीदको रगत÷लाशमाथि आफ्नो निजी र निहित स्वार्थपूर्तिमा चुर्लुम्म डुब्ने, चरम अविश्वसनीय चरित्र र प्रवृति देखाए। जुन नेपालको कम्युनिष्ट आन्दोलनकै निम्ति खतरा बनिदियो ।’ बिस्टले भने ।
यस्तै बिस्टले यसअघि बुझाएको २१ बुँदे कार्यान्वयनमा कुनै तत्परता नदेखाएको, सिंगो संगठन सेटमा चलायमान गर्ने नभएर आफू र अंशमा मात्र रमाएको, बेला बखत समय-समयमा चित्त नबुझे निस्किएर गए हुन्छ भन्दै धम्क्याएको, पार्टी टुक्रा टुक्रा भएर जाँदा पनि आफू दोषी नहुनु तर अरुलाई मात्रै दोषी करार गरेको, पार्टीलाई संस्थागत र सामुहिक भन्दा पनि नितान्त व्यक्तिगत चिन्तन र सोँचमा चलाएको लगायत आरोप लगाएका छन् ।
यस्तै बिष्टले आफु तत्काल अरु कुनै पार्टीमा प्रवेश नगर्ने र प्रचण्ड केपी गठबन्धनको पार्टीमा पनि कुनै हालतमा नफर्किने बताएका छन् । आफुले अब स्वतन्त्र रुपमा नेपालको कम्युनिष्ट आन्दोलनको हितमा लेख्ने बोल्ने र आवस्यकता अनुसार कम्युनिष्ट पार्टीहरुका गुण र दोषको आधारमा समर्थन वा बिरोध गर्ने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्