
इटहरी – अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश समृद्ध बनाउने मुख्य स्रोत राजश्व भएकाले यसका लागि मन्त्रालयले विशेष कार्यनीति ल्याएको बताएका छन् ।
अर्थमन्त्री कार्कीले आज सुनसरीको इटहरीमा रहेको राजश्व अनुसन्धान विभागको पूर्वाञ्चल इकाइ कार्यालयको अवलोकन एवं निरीक्षण गर्दै विशेष कार्यनीतिलाई कार्यान्वयनका लागि इमान्दार भएर लाग्न कर्मचारीलाई निर्देशन दिए ।
“देश समृद्ध बनाउन नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउनु जरुरी छ,” उनले भने । राजश्वको क्षेत्रलाई वृहत बनाइ सबैलाई राष्ट्र निर्माणको दायित्वमा समेट्ने नीति ल्याइएकाले त्यसको कार्यान्वयनमा इमान्दारिताकासाथ जुट्न मन्त्री कार्कीले निर्देशन दिए ।
करको दायरामा सबै करदातालालाई समेटे मुलुक आफ्नो आन्तरिक करका स्रोतबाट समृद्ध बन्नसक्ने उनको भनाइ थियो ।
राजश्व अनुसन्धान विभाग पूर्वाञ्चल इकाइ कार्यालयका प्रमुख जयकुमार भण्डारीले भन्सार छलेर आउने नाकामा कडाइकासाथ निगरानी गरिँदै आएको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्