×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्याबारे नेकपाले मुख खोल्यो

PRIME CA

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्याबारे नेकपाले मुख खोल्यो

२५ आश्विन २०७४, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ  – निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्याप्रति विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आपत्ति जनाएको छ । उसले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन र पीडितलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।
बुधबार नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एक विज्ञप्ति जारी गर्दै राज्यको निरीहताका कारण गम्भीर प्रकृतिको घटना भएको भन्दै दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग गरेका हुन् । सरकार भ्रष्टाचार, राष्ट्रघातसँगै जनताको विपक्षमा उभिएकाले जनताको जिउ–धन असुरक्षित भएको विप्लवको भनाइ छ ।
‘राज्यको जिम्मा लिएका व्यक्तिहरु देश लुट्ने भ्रष्टाचार, देश बेच्ने राष्ट्रघात, जनताको दमन गर्ने जनघात र जनताको जीवनप्रति खेलवाड डर्ने कार्यमा लिप्त भएकाले जिम्मेवार नागरिकहरुले यो दुःखद् घटना बेहोर्नु परेको हो’, विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । विप्लवले संसदीय व्यवस्था असफल भएकाले यस्ता घटनाहरु दिनप्रतिदिन बढ्दै गएको दाबी गर्दै वैज्ञानिक समाजवादमा समेत जोड दिएका छन् ।
यसैबीच, विप्लवले सांग्रिला होटलका क्यासिनो सञ्चालक राजेन्द्र बजगाईको घरमा बम राख्ने काममा पार्टीको कुनै संलग्नता नभएको प्रष्ट पारेका छन् । क्यासिनो सञ्चालक बजगाईले नेकपाका प्रवक्तालाई भेट्न नमानेपछि आफ्नो घरमा बम राखिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएलगत्तै विप्लव नेतृत्वको नेकपा माओवादीबाट यस्तो प्रतिक्रिया आएको हो । – काठमाडौँ टुडे 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: