×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमालेसँग एकता गर्ने निर्णय गरेको माओवादी केन्द्र फुट्यो ! केहि दिनमा अर्को गुटपनि निस्किने !

LAXMI SUNRISE BANK

एमालेसँग एकता गर्ने निर्णय गरेको माओवादी केन्द्र फुट्यो ! केहि दिनमा अर्को गुटपनि निस्किने !

२१ आश्विन २०७४, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- माओवादी केन्द्र एमालेसँग एकता नगर्दै फुटेको छ । नेकपा एमालेसँग चुनावी तालमेल तथा पार्टी एकता प्रक्रिया चलिरहँदा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तथा नेता गोपाल किराती अर्को माओवादी पार्टी खोल्न जुटेका छन् । उनीसँगै केहि अन्य केन्द्रीय स्तरका नेता पनि नेकपा माओवादी केन्द्रबाट बाहिरिने भएका छन् । किरातीले नेकपा माओवादी केन्द्र पुनर्गठन कमिटिको नाममा अर्को पार्टी खोल्ने तयारी थालेका हुन् । उनले शनिबार राजधानीमा भएको माओवादी केन्द्रको केन्द्रीय राजनीतिक प्रशिक्षण कार्यक्रम पनि वहिष्कार गरेका छन् ।
उनले त्यो कार्यक्रम माओवादी केन्द्रको नभइ ‘प्रचण्ड समूह’ भन्दै कडा व्यंग्य पनि गरेका छन् । ‘राष्ट्रिय सभागृहमा हुने श्री प्रचण्ड समूहको पार्टी प्रशिक्षण बहिस्कार गरियो’, नेता किरातीले भनेका छन्, ‘अब नेकपा माओवादी केन्द्र पुनर्गठन समिति निर्माण गरिन्छ । ‘आइतबारको छलफलपछि सम्भवतः औपचारिक रुपमै नेकपा (माओवादी केन्द्र) पुनर्गठन समिति निर्माण गरिन्छ’, उनले भने ।
माओवादी पनि छोड्ने र गोपाल किरातीसँग पनि जान नसक्ने अर्को एउटा गुट पनि पार्टी फुटाउने तयारीमा रहेको बुझिएको छ । उक्त गुटले प्रचण्डले पार्टी र जनतालाई धोका दिएको निष्कर्ष सँगै केहि समयपछि पार्टी फुटाएको औपचारिक घोषणा गर्दैछ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी