
वसन्तपुरस्थित कुमारीबाट हालै अवकाश प्राप्त मतिना शाक्यले भेटिवापत ५० लाख रुपियाँ हाराहारीमा आम्दानी गरेकी छन् । २०६४ सालमा कुमारीमा नियुक्त भएकी शाक्यको यो व्यक्तिगत आम्दानी हो ।
कुमारीका लागि महानगरपालिका, निवृत्तीभरण व्यवस्थापन कार्यालय, गुठी संस्थान, विभिन्न वाणिज्य बैङ्क तथा सङ्घ संस्था र सर्वसाधारणबाट भेटी प्रदान गर्ने गर्छन् । यसरी प्रदान गर्ने भेटी अहिले बैंक खातामा राख्ने व्यवस्था लागू गरिएको छ ।
देवी देवता र मन्दिरलाई प्राप्त हुने दक्षिणा तथा भेटी पारदर्शी र व्यवस्थित गर्ने गराउने क्रममा नेपाल सरकारले ल्याएको नीतिबमोजिम यो व्यवस्था गरिएको हो ।
गुठी संस्थानले दिएको जानकारीअनुसार गोरखाको मनकामना, पोखराको विन्ध्यवासिनी, पाल्पाको रणउज्जेश्वरी, हेटौंडाको भुटनदेवी, काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती र उग्रचण्डी, बाराको गढीमाई, धरानको बुढा सुब्बा, काठमाडौँको मैतिदेवी तथा दक्षिणकाली लगायतका मन्दिर र पिठको भेटी व्यवस्थापन कार्य अगाडि बढाइएको छ ।
पशुपतिनाथ मन्दिरको भेटी व्यवस्थापन नीति सरकारद्धारा स्वीकृत भएपछि मुलुकका चल्तीका देवस्थलमा पनि यो प्रक्रिया लागू गर्न लागिएको हो । कुमारी मतिना शाक्य महाअष्टमीका दिन पदमुक्त भएपछि उनको स्थानमा मञ्जुश्री नकमहाविहारकी तृष्णा शाक्य नयाँ कुमारीमा नियुक्त भएकी छन् । रजस्वला हुने उमेर र अवस्था आएपछि कुमारी फेर्ने प्रचलन छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्