×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आजदेखि खुल्दैछ डिभी, बिना पैसा यसरी भर्नुस् फारम

PRIME CA

आजदेखि खुल्दैछ डिभी, बिना पैसा यसरी भर्नुस् फारम

१७ आश्विन २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ –  सन् २०१९ को डाइभर्सिटी भिसा (डिभी) का लागि आजदेखि आवेदन खुल्ने भएको छ । असोज १७ देखि स्थानीय समयअनुसार रातको ९ः४५ बजेबाट कार्तिक २१ गतेसम्म आवेदन खुल्ने नेपालस्थित अमेरिकी दुतावासले जानकारी दिएको छ ।

डिभीको लागि आवेदन दिँदा कुनै पनि शुल्क तिर्न पर्न छैन । फर्म भर्न www.dvlottery.state.gov मा जानु पर्नेछ । आवेदनमा आफ्ना पति/पत्‍नी र २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण राख्नुपर्छ।
फर्म भर्दा फोटो भने हालसालै खिचिएको हुनुपर्ने छ । सबै विवरणसहित फर्म भरेर सबमीट गरिसकेपछि कन्फर्मेसन नम्बरसहितको पत्र प्रिन्ट गर्नुपर्छ जुन डिभी परेनपरेको थाहा पाउने माध्यम हो।
थप जानकारीका लागि www.dvlottery.state.gov वा काठमाडौँस्थित अमेरिकी दूतावासको वेबसाइट https://np.usembassy.gov/visas/immigrant-visas मा जान सकिने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: