Skip to content
LAXMI SUNRISE BANK

मानव मलमुत्र मिसाइएको मिठाइ बेच्ने आँगनमा विप्लवका कार्यकर्ताद्वारा तोडफोड, यस्ता छन् कारण !

अर्थ सरोकार

काठमाडौं । अखाद्य बस्तु मिसाएर मिठाई बेच्दै अाएको अागन होटलमाथि अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले तोडफोड गरेको छ । काठमाडौंको कमल पोखरीस्थित आगन होटल मजदूरहरुले तोडफोड गरेका छन् । मजदूरमारा र अखाद्य बस्तु मिसाएर बिक्री गर्दै अाएका कारण लामो समयदेखि विवादित उक्त होटल शनिबार साँझ तोडफोड गरिएको हो ।
त्यहाँ छोडिएको पर्चामा होटलमा कार्यरत मजदूरहरुलाई विना कारण निष्काशन गरेको हो, संगठनमा आवद्ध मजदूरलाई जबरजस्त राजीनामा दिन बाध्य पारिएको, केहीलाई श्रम ऐनका नियमावली विपरित सरुवा गरिएको परिश्रम वापत पाउँनुपर्ने तलब तथा अन्य सेवा सुविधान नदिएको,अखाद्य बस्तु प्रयोग गरी जनताको स्वास्थ्यमा असर पर्ने गरी मिठाई बिक्री गर्ने गरेको बताइएको छ ।
त्यस्तै वर्क परमीट नलिएर विदेशी कामदार राख्ने गरेका कारण कारवाही गर्नु परेको पर्चामा उल्लेख छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK