×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्याबिङ जाली र काँडेतारको घेराभित्र मतगणना चल्दै

LAXMI SUNRISE BANK

ग्याबिङ जाली र काँडेतारको घेराभित्र मतगणना चल्दै

३ आश्विन २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – उच्च सुरक्षा र सतर्कताका साथ प्रदेश नं. २ मा सोमबार भएको स्थानीय निर्वाचनको मतगणना सुरु भएको छ । प्रायजसो मतगणना स्थललाई ग्याबिंग जाली र काँडेतारले घेरिएको छ ।
ग्याबिङ जालीको घेराभित्र गणकहरु बसेका छन् भने दलका प्रतिनिधिहरुलाई ग्याबिङ जाली बाहिर राखिएको छ । यसअघिका निर्वाचनहरुमा यस्तो पद्दति नभए पनि प्रदेश २ को निर्वाचनमा चाहिं यस्तो सतर्कता अपनाइएको हो ।पहिलो चरणको चुनावका क्रममा भरतपुर महानगरमा मतपत्र च्यातिएपछि दोस्रो चरणमा सुरक्षा सतर्कता अपनाइएको बताइएको छ ।
अधिकाम्श स्थानमा ग्याबिंग जालीले घेरिएको छ भने महोत्तरीको बर्दीबासमा भने सुरक्षाकर्मीले प्रयोग गर्ने काँडेतारको समेत प्रयोग गरिएको छ ।विगतको कुनै पनि नेपाली चुनावी इतिहासमा यस्तो दृश्य देख्नु पर्दैनथ्यो तर अहिलेको यस घटनाले नेपाली राजनीति सभ्यतातर्फ भन्दा पनि बर्बरतातर्फ उन्मुख हुन लागेको हो कि भन्ने यसले प्रश्न उठाएको छ । – एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी