×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

७० वटा स्थानीय तहमा मतगणना जारी, ६० तहमा अझै सुरु हुन् सकेन

LAXMI SUNRISE BANK

७० वटा स्थानीय तहमा मतगणना जारी, ६० तहमा अझै सुरु हुन् सकेन

३ आश्विन २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्रदेश नम्बर दुईका ७० वटा स्थानीय तहको मतगणना कार्य सुरु भएको छ । आठ जिल्लाका १ सय ३६ वटा स्थानीय तहका लागि सोमबार मतदानपछि भएको थियो । 
बाँकी ६० स्थानीय तहको मतगणना कार्य पनि सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणमा उल्लेख छ । सम्बन्धित स्थानीय तहका राजनीतिक दलहरुसँग समन्वय गरेर मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । 
राजविराज नगरपालिकाको वडा नं. १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले यो वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजविराज नगरपालिकाको मतगणना कार्य सुरु हुने पनि आयोगले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी