
काठमाडौँ – नेपाल मजदूर किसान पार्टीमा विद्रोह भएको छ । केन्द्रीय उपाध्यक्ष पूर्णप्रसाद धितालको नेतृत्वमा विद्रोह भएपछि ‘बृहत कम्युनिष्ट पार्टी निर्माण अभियान’ नामक नयाँ पार्टी गठन गरिएको छ ।
पार्टी नेतृत्व सिमित ठाउँबाट बाहिर निस्कन नसक्दा संगठन फैलिनुको साटो खुम्चिँदै गएको र आफूहरुको सुझावलाई पार्टी नेतृत्वले बेवास्ता गरेका कारण आफूहरु राजिनामा दिन बाध्य भएको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
मार्क्सवाद, लेनिनवाद र माओ विचारधारा मान्ने शक्तिहरुसँग वृहत कम्युनिस्ट एकताको लागि छलफल जारी राख्ने विज्ञप्तिमा उल्लेख छ ।
उपाध्यक्ष धितालसँगै नेमकिपाका १३७ नेता–कार्यकर्ताले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्