Skip to content
LAXMI SUNRISE BANK

३८८ जना कर्मचारीलाई क्षमता बढाउने अवसर दिनेगरी जान्बी कोर्ष सञ्चालन गर्न एनआईसि र एनबीआईवीच सम्झौता

अर्थ सरोकार

काठमाडौं । एनआईसी एशिया बैंकका कर्मचारीको क्षमता अभिवृद्धिका लागि नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटसँग जान्बी कोर्ष संचालन गर्ने विषयमा सोमवार सम्झौता भएको छ। बैंकले लर्निङ एण्ड डेभलपमेन्टका लागि एक छुट्टै विभागको स्थापना गरी कार्य गर्दै आइरहेको जानकारी समेत दिएको छ। बैंकले त्यसका लागि लर्निङ एण्ड डेभलपमेन्ट एकेडेमीको स्थापना गर्ने लक्ष्य समेत सार्वजनिक गरेको छ।
सम्झौताअनुसार बैंकले ३८८ जना कर्मचारीलाई जान्बी कोर्षमा संलग्न गराउने छ। बैंकिङ क्षेत्रमा नै यति ठूलो संख्यामा जान्बी कोर्ष गराउने एनआईसी एशिया पहिलो बैंक भएको समेत बैंकले जारी प्रेस विज्ञप्तिमा छ।
सम्भौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरेको पनि बैंकले जानकारी दिएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK