×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त

२ आश्विन २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खड्कालाई पदच्युत गर्ने निर्णय गरेको हो ।
विभिन्न संसदीय समितिको प्रतिवेदनका साथै अनियमिताको केही प्रमाण भेटिएको र नियुक्ति गर्दा कार्यसम्पादन मूल्यांकन र करार केही नभएकाले खड्कालाई बर्खास्त गर्ने प्रस्ताव लगिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताए ।मन्त्रालयको ठाडो प्रस्तावमा उनलाई बर्खास्त गरिएको हो’ उनले भने ।
बैठकमा इन्धन भण्डारणका लागि जग्गा खरिदमा भएको अनियमिताबारे पनि छलफल भएको थियो । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री बस्नेतले भने- ‘जीएम हटाउने विषयमा आपूर्ति मन्त्रीज्यूले केही कुराहरु भन्नुभएको छ । काममा राम्रोसँग सहयोग नगर्ने र गुटबन्दी गर्ने । त्यसैले असहयोग भयो भन्ने किसिमले उहाँले प्रस्ताव ल्याउनुभएको छ ।’
खड्काले भ्रष्टाचार गरेकोतर्फ संकेत गर्दै मन्त्री बस्नेतले अगाडि भने – ‘अनियमितताका बारेमा त तपाईहरु सबैलाई जानकारी नै छँदैछ । म आफैंले पनि नवलपरासीमा हेरेर आएको हुँ अनुगमन भ्रमणको सिलसिलामा । त्यो विषय पनि उठान भएको छ ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी