×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्मचारी समायोजन विधेयक मंगलबार संसदमा पेस हुँदै

PRIME CA

कर्मचारी समायोजन विधेयक मंगलबार संसदमा पेस हुँदै

३० भाद्र २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – सरकारले आउँदो असोज ३ गते व्यवस्थापिका–संसदमा कर्मचारी समायोजन विधेयक पेश गर्ने भएको छ ।शुक्रबार सिंहदरबारमा बसेको संसदको राज्य व्यवस्था समितिको बैठकले कर्मचारी समायोजन विधेयक आगामी असोज ३ गते पेश गर्ने निर्णय गरेको समितिका सभापति दिलबहादुर घर्तीले जानकारी गराए ।
उनले समायोजन ऐन नबन्दा कर्मचारी खटनपटनमा समस्या भएकाले चाँडै ल्याउन लागिएको बताए।बैठकमा समिति सदस्य रामेश्वर फुयाँलले कर्मचारी समायोजनपछि मात्र प्रदेश र स्थानीय तहको सरकार बन्ने भएकाले सबै काम सकेर पेश गरिने बताए ।बैठकमा समिति सदस्य रेखा शर्माले समायोजन ऐन ल्याएपछि प्रदेश र स्थानीय तहमा थप कर्मचारी ल्याउनका लागि विधेयक बनाउन मद्दत मिल्ने बताईन् ।
समितिले सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत, सचिव मोहन सापकोटासँग आवश्यक परामर्श गरी विधेयकमा रहेका कुरा टुङ्ग्याउनेसमेत निर्णय गरेको छ ।नयाँ संघीय संरचनाअनुसार सरकारले निजामती कर्मचारीलाई केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने भएको छ । सामान्य प्रशासन मन्त्रालयले विधेयक बनाई समितिमा पेश गरेको छ । – एस काठमाडौँ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: