×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निगमका कार्यकारी निर्देशक खड्कामाथि कारबाही हुने, मन्त्रालयले गर्‍यो सिफारिस

PRIME CA

निगमका कार्यकारी निर्देशक खड्कामाथि कारबाही हुने, मन्त्रालयले गर्‍यो सिफारिस

२७ भाद्र २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाही हुने भएको छ । सोमबार आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटाले उनलाई कारबाहीका लागि मन्त्रिपरिषद् लैजाने निर्णय गरेपछि बाटो खुलेको छ ।
व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले जग्गा खरिद प्रकरणको अर्बौं रुपैयाँ अनियमितता गरेको ठहर गरेको थियो ।
निगमले झापा, सर्लाही, चितवन र रुपन्देहीमा ९० दिनसम्म पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारण गर्ने संरचना निर्माण गर्न बोलपत्रका माध्यमबाट जग्गा खरिद गरेको थियो ।
जग्गा खरिद गर्दा बिचौलियासँगको मिलेमतोमा घोटला गरेका खड्कालाई राखिरहँदा निगमलाई थप क्षति पुग्ने निष्कर्ष निकाल्दै कारबाहीको लागि आपूर्तिमन्त्री शिवकुमार मण्डललाई सिफारिस गर्ने सहमति गरेको हो ।
यता खड्कालाई कारबाही गर्न सिफारिस गरेर देवकोटा बुधबार एक कार्यक्रममा सहभागी हुन सोमबार नै चीन प्रस्थान गरिसकेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: