×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल आइडलको मञ्चमा गाउने गीत प्रधानमन्त्रीले दिल्लीमा गाय !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल आइडलको मञ्चमा गाउने गीत प्रधानमन्त्रीले दिल्लीमा गाय !

Artha Sarokar

२५ भाद्र २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल आइडलको मञ्चमा गाउने गीत भारतको दिल्लीमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले गायको कटाक्ष गरेका छन् । एपीवान टेलिभिजनसँगको अन्तर्वातामा अध्यक्ष ओलीले नेपालको आन्तरिक मामिलामा प्रधानमन्त्रीले दिल्लीको मञ्च प्रयोग गरेको आरोप लगाए । ‘देउवाले नेपाल आइडलको मञ्चमा गाउने गित भारतको दिल्लीमा गाउनु भयो’ ओलीले भने ‘दिल्ली आफ्नो पिडा पोखेर रुने ठाउँ होइन, नेपालको सार्वभौम संसदमाथी धावा बोल्ने अधिकार उहाँसँग छैन ।’
प्रधानमन्त्री देउवाले दिल्ली भ्रमणका बेला नेपालको संसदबाट फेरी संविधान संशोधनको आफुले प्रयास गर्ने बताएका थिए । प्रधानमन्त्रीको अभिब्यक्तिपछि एमाले लगायतका दलले चर्काे आलोचना गरेका थिए । एमालेले आलोचना गरिरहेका बेला दिल्लीबाट फर्किदै गर्दा प्रधानमन्त्री देउवाले ‘के बोल्ने र के नवोल्ने बिषयमा मैले कसैलाई सोध्नु पदैन, अबदेखि कोड अफ कन्डक्ट बनाऔं’ भन्ने कडा जवाफ दिएका थिए ।
प्रधानमन्त्रीले त्रिभूवन विमानस्थलमा दिएको अभिब्यक्ति प्रतिपनि एमाले अध्यक्ष ओलीले प्रतिवाद गरेका छन् । ‘बोल्नलाई सोध्नु पर्दैन, तर सोच्नु पर्दछ’ एमाले अध्यक्ष ओलीले भने ‘आचारसंहित बनाउनु पर्दैन पदीय जिम्मेवारीभित्रको कुरा हो ।’ – एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी