×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशियाले गर्यो चौथो पटक डलरको आयात, ग्राहकले रित्तो हात फकिर्ननु नपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईसी एशियाले गर्यो चौथो पटक डलरको आयात, ग्राहकले रित्तो हात फकिर्ननु नपर्ने

२३ भाद्र २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं, भदौ २३ । एनआईसी एशिया बैंक लिमिटेडले विदेश जाने नेपालीहरुका लागि आवश्यक पर्ने डलरको माग पूरा गर्नका लागि विदेशबाट नगद डलरको आयात गर्ने कार्य जारी राखेको छ । बैंकले दशैं तथा तिहारको अवसर पारेर बिदा मनाउन विदेश जानेहरुको संख्या बढ्ने र डलरको माग पनि बढ्ने भएकाले उक्त मागलाई पूर्ति गर्नका लागि चौथो पटक ५० लाख नगद डलर आयात गरी ग्राहकहरुलाई उपलब्ध गराउन शुरु गरेको जानकारी दिएको छ ।
यसअघि बैंकले तीन पटक गरेर ६० लाख नगद डलर आयात गरी नेपाली ग्राहकहरुलाई उपलब्ध गराइसकेको बैंकले बताएको छ । बैंकले काठमाडौं उपत्यकाका सबै शाखाहरुमा प्रशस्त मात्रामा नगद डलर रहेकाले कुनै पनि ग्राहकले डलर नपाएर फर्कनुपर्ने अवस्था नरहेको बताएको छ ।
यसअघि नगद अमेरिकी डलरको अति न्यून मात्रामा आपूर्ति भएका कारण ग्राहकहरुलाई पर्न गएको असजतालाई सम्बोधन गर्ने हेतुले नेपाल राष्ट्र बंैकद्वारा ‘क’ वर्गका बैंकहरुलाई विदेशवाट नगद डलर आयात गरी सप्लाइ गर्न परिपत्र जारी भएपछि विदेशबाट डलर आयात गर्ने एनआईसी एशिया पहिलो बैंक बनेको थियो । 
डलर साट्न आउने ग्राहकले साथमा पासपोर्ट र हवाई टिकेट पनि लिएर आउनुपर्ने तथा त्यस्तो कागजात पूरा गरी आउने प्रत्येक ग्राहकलाई नियमानुसार २ हजार ५00  डलरसम्म उपलब्ध गराउन सकिने बैंकले जानकारी दिएको छ । 
बैंकले हालका लागि काठमाण्डांैभित्रका सम्पूर्ण ३२ शाखा कार्यालयहरु (त्रिपुरेश्वर, जावलाखेल, न्यूरोड खिचापोखरी, बनेपा, भक्तपुर, कलंकी, क्षेत्रपाटी, महाराजगंज, सामाखुसी, बौद्ध, बागबजार, कौशलटार, ग्वार्को, खुमल्टार, सुकेघारा, डिल्लीबजार, न्यूरोड विशालबजार, कमलादी, पुल्चोक, बत्तीसपुतली, किर्तिपुर, सातदाबाटो, टेकु, पेप्सीकोला, थानकोट, ठमेल, नयाँ बानेश्वर, थापाथली रजिष्टर्ड कार्यालय शाखा, बालाजु, कपन, लाजिम्पाट र गोल्फुटार) बाट सहज रुपमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।
साथै, यस बंैकले विदेश जाने ग्राहकहरुलाई VISA International Debit Card मार्फत पनि अमेरिकी डलर सटही सुविधा प्रदान गर्दै आएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी