×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश नं २ बाट २६ हजार ६ सय ५२ को उम्मेदवारी दर्ता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रदेश नं २ बाट २६ हजार ६ सय ५२ को उम्मेदवारी दर्ता

२२ भाद्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – स्थानीय तहअन्तर्गत निर्वाचन हुन बाँकी रहेको प्रदेश नं २ का ८ जिल्लामा असोज २ मा हुने चुनावका लागि बुधबारबाट सुरु भएको उम्मेदवार मनोनयनबाट बिहीबार बिहानसम्ममा २६ हजार ६ सय ५२ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले दिएको पछिल्लो जानकारीअनुसार आयोगमा स्थापित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट बिहीबार बिहान ९:३० बजेसम्म प्राप्त विवरणअनुसार प्रमुख एवं अध्यक्षमा एक हजार ४७७, उपप्रमुख एवं उपाध्यक्षमा ९४९, वडाध्यक्षमा पाँच हजार ८८५ उम्मेदवारी परेको बताइएको छ । त्यस्तै, महिला सदस्यमा चार हजार ८८६, खुल्ला सदस्यमा नौ हजार ५८२ र दलित सदस्यमा तीन हजार ८७३ जनाको उम्मेदवारी परेको छ ।
गाउँपालिका तथा नगरपालिका प्रमुखका लागि सबैभन्दा बढी सर्लाहीमा २३० जनाको उम्मेदवारी परेको छ भने सबैभन्दा कम रौतहटमा १४६ जनाको उम्मेदवारी मनोनयन परेको छ ।उम्मेदवारी दर्ताका लागि महिला, दलितलगायतका उम्मेदवारले उत्साहपूर्ण तरिकाले मनोनयन दर्ता गराएका थिए ।
उक्त मितिमा निर्वाचन हुने १३६ स्थानीय तहमध्ये आयोगमा १३४ को उम्मेदवारी विवरण आएको छ भने सिरहा नगरपालिका र सोही जिल्लाको धनगढीमाई नगरपालिकाको विवरण भने अझै आउन बाँकी रहेको केन्द्रले जनाएको छ । – एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी